अखिल छैठोको अध्यक्षमा पुनः पुरन पोखरेल

0 201

पाल्पा । अनेरास्ववियू (छैंठो) को जिल्ला अध्यक्षमा पुरन पोखरेल निर्विरोध निर्वाचित भएका छन् । तानसेनमा सम्पन्न १५ औं जिल्ला सभाले पोखरेललाई पुन अध्यक्षमा चयन गरेको हो ।
११ सदस्यीय नयाँ कार्यसमितिको उपाध्यक्षमा विमला सापकोटा, सचिव मनिष ठडराई, कोषाध्यक्षा गंगा विक सहसचिव मिना श्रीनेत रहेका छन् । त्यस्तै सदस्यहरुमा अमृत शर्मा, कोष बहादुर खाम्चा, ज्योति बाकावल, उमा मल्ल, भुपेन्द्र ठडराई र अशोक पाण्डे रहेका छन् ।

बैकल्पिक सदस्यमा जानुका रेग्मी, पार्वती गहतराज र उमा मल्ल रहेका छन् ।सल्लाहकारमा तिला सिंजाली र सन्तोष भट्टराई रहेका छन् । अध्यक्ष पोखरेलले जिल्लामा रही विद्यार्थी संगठनका माध्यमबाट शैक्षिक तथा समसामयिक विषयमा आफ्नो राम्रो भुमिका निर्वाह गर्दै आएका छन् ।

Comments
Loading...