अज्ञात समूहद्धारा एनसेल टावरमा आगजनी

0 76

पाल्पा । रामपुर नगरपालिका–१, गाडाकोट चिहानडाँडामा रहेको एनसेलको टावरमा अज्ञात समूहले बुधवार राति मट्टितेल खन्याएर टावरमा आगजनी गरेका छन् । आगजनीबाट तार जल्दा एनसेनको सेवा प्रभावित बनेको छ ।

अज्ञात समूहले जुटको बोरामा मट्टितेल खन्याएर बिटिएससम्म पुग्ने कनेक्सन तारमा आगो लगाउँदा टावरको सेवा अबरुद्ध भएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक भुपाल सिंह खाम्चाले बताए ।

राति कति बजे, कसले टावरमा आगो लगाएको हो भन्ने विषयमा जानकारी हुन सकेको छैन । प्रहरीले घटनाका विषयमा अनुसन्धान गरिरहेको जनाएको छ । प्रहरीले नेकपा विप्लव नेतृत्वका कार्यकर्ताबाट घटना भएको हुन सक्ने अनुमान गरेको छ । विप्लवका कार्यकर्ताले देशभरि नै एनसेनका टावरमा आक्रमण गरेका छन् । बुधवार राति समेत बिभिन्न जिल्लाका टावरमा आक्रमण भएको छ ।

टावरको क्याबिनेट कनेक्सन बीटिएस तारमा जुटको बोरामा मट्टीतेल छर्किएर तारमा फालेपछि जलेको प्रहरीले जनाएको छ । फोटो फाइल

Comments
Loading...