अनलाइनबाटै निरन्तर पढ्दै तानसेनको बेथल स्कुलका बिद्यार्थीहरु

0 58

पाल्पा । तानसेन स्थित बेथल बोर्डिङ स्कुले एस.ई.ई का विद्यार्थीहरुका लागि सुरु गरिएको जुम अनलाइन शिक्षण क्रमशःकक्षा तीन देखी दशसम्मका बिद्यार्थीहरुमा पनि बिस्तार गरेको छ ।


यो प्रविधि मार्फत प्रभावकारी रुपमा निरन्तर कक्षा सञ्चालन भइरहेको छ । कोभिड १९ को माहामारी पश्चात् चैत्र ११ गते बाट भएको लकडाउनको पन्ध्रौ दिन अर्थात् चैत २६ गतेबाट उक्त कक्षा संचालन हुँदै आएको हो ।


साथै कक्षा पूर्व प्राथमिक तह देखी कक्षा ५ सम्म अध्यनरत विद्यार्थीहरुलाई पाल्पा जिल्लामै पहिलो पटक नमुना सिकाइ योग्य कार्यको रुपमा पाठ्यक्रममा आधारित विद्यार्थीहरुलाई डे वान र डे टु गरी दैनिक रुपमा मुख्य पाँच वटा विषयको पाठ्यक्रमलाई घरमै बसेर अध्ययन र गृहकार्य गर्न मिल्ने गरि तयार पारिएको कार्य पुस्तिका प्रदान गरिएको छ ।


कोरोना महामारीको भयावह भन्दा अगाडि बहुसंख्यक विद्यालयहरुले कक्षा कोठा भन्दा बाहिर पनि अध्ययन अध्यापन गर्न गराउनु पर्ने,शिक्षकहरुलाई २१ औं शताब्दिका प्राविधिक सिपयुक्त शिक्षकको रुपमा तयार गर्ने, विद्यालयहरुको कक्षाकोठा प्रविधियुक्त र शिक्षक र विद्यार्थीहरुलाई प्रविधिमैत्री बनाउन र विद्यार्थीहरुलाई इमेल, म्यासेन्जर, भाइवर,ह्वाट्स एप जस्ता सामाजिक सञ्जालको प्रयोगबाट पनि गृहकार्य दिने र बुझाउने गर्न सकिन्छ भन्ने बारेमा नसोचिए र तयारी नगरिएको अवस्था थियो । विद्यार्थीहरुलाई कुनै पनि बाहनामा सिकाइबाट बञ्चित गरिनु हुदैन भन्ने मर्मलाई आत्मसाथ गरि विद्यालयका प्रिन्सिपल खेमबहादुर सारु र शिक्षकहरुको भर्चुअल बैठक बसि विद्यालयमा शिक्षा आर्जनको सट्टामा घरमा घरमा शिक्षा आर्जन गर्ने प्रणालीको व्यवस्थापन गर्ने सम्वन्धमा चरणवद्ध योजनाहरु बनाई कार्यहरु अगाडि बढाइए ।


योजना अनुरुप विद्यालयले प्रिन्सिपलको संयोजकत्वमा प्रन्टलाइन टास्क फोर्स गठन गरि शिक्षक कर्मचारी, विद्यार्थी, अभिभावकको वर्तमानअवस्थाको ट्रेसिङ गर्ने, शिक्षकहरुद्वारा अभिभावक वा विद्यार्थीहरुसंग इन्टरनेट, कम्प्युट्र, स्मार्ट फोन, टि.भि.,रेडियो आदिको पहँुचको सर्वे गर्ने, विद्यार्थीहरुलाई पाठ्यपुस्तकको व्यवस्थागर्ने र शिक्षकहरुलाई अनलाइन शिक्षणको लागि न्यूनतम सिपहरु जस्तै कम्प्युट्रमा वर्ड, पावर प्वाइन्ट, एक्सेल, जुम, गुगल मिट, टिम एप्स को प्रयोगगरि शिक्षण सामग्री निर्माण गरी अनलाइन शिक्षणको लागि पाठ योजनानिर्माण गर्ने सम्वन्धमा वद्यालयका कम्प्युटर शिक्षकतथा सहायक प्रिन्सिपल महेन्द्रकुमार पोखरेलबाट अनलाइन तालिमहरु सञ्चालन गरिएको थियो । विद्यालयले कक्षा १ देखि १२ सम्मका विद्यार्थीहरुका अभिभावकहरुको मोवाइलमा नेपाल दुरसञ्चारले विद्यार्थीहरुको पढाईलाई मध्यनजर गरी प्रदान गरेको ई शिक्षा प्याकेज खरिदको लागि पत्राचार गरि बिद्यालयले उक्त प्रवन्ध मिलाएको हो ।
इन्टेरनेट र डाटाको पहुँच हुने विद्याथीहरुको लागि विद्यालयले संचालन गरको अनलाईन कक्षामा विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको बिद्यालयका प्रिन्सिपल खेम बहादुर सारुले बताए । विद्यार्थीहरुले घरमा रहेको मोबाइल, ल्याप्टपलाई सिकाइको लागिउच्चतमप्रयोग गरेका छन् । विद्यालयले दैनिक रुपमा संचालनगर्ने करिब तीन घण्टाको कक्षा मात्र नभई विद्यार्थीहरुले घरमै इन्टरनेटको माध्यमबाट नजानेको कुराहरु खोज्ने गरेको पनि पाइएको उनले बताए ।

विभिन्न विद्यार्थीहरुमा कक्षा कोठामा एक जना शिक्षक अगाडी उभिएर पढाउने मात्र शिक्षण हो भन्ने भ्रम हटेको छ । “मैले विद्यालयले अनलाईन कक्षा संचालनगर्नु पुर्व शिक्षण सिकाइ कृयाकलापमा प्रविधिको अति न्युनतम प्रयोग गरेकी रहेछु, बल्ल अहिले थाहा भयो, अनलाईन कक्षा संचालन हुनाले मैले प्रविधिक कुराहरु धेरै सिक्न पाएको र अहिले सहजै पावर पोइन्ट प्रिजेन्टेसन निर्माण गर्ने र त्यसलाई जुम कक्षा मार्फत स्कृन सेयर प्रयोग गरेर विद्यार्थीहरु माझकक्षाहरुमा प्रस्तुतहुने गरेको विद्यालयकी नेपाली शिक्षिका अम्विका रानाले बताइन् ।
घरमा मोबाइल, टि.भि रमाइलो कुरामामात्र समय व्यतित गर्ने हामी विद्यार्थीहरु अहिले अनलाईन कक्षा संचालन भए पछि विद्यालयबाट कक्षा संचालन हुने समयमा कक्षामा सहभागी हुने र अन्य समयमा गृहकार्य गर्ने, त्यस पश्च्यात हुने खाली समयमा मात्र अन्य कृयाकलापमा सहभागी हुने गरेको कक्षा ६ मा अध्ययनरत छात्रा प्रशंसा पाठकले बताइन् ।


बिश्वब्यापी रुपमा फैलिरहेको कोभिड १९ को विषम परिस्थितिलाई मध्यनजर राख्दै बेथल स्कुलको पहलमा विभिन्न विषयका अनलाइन कक्षाहरु अनवरत रुपमा संचालन भइनै रहेको थियो, यसमा पून लकडाउन भरी आफ्ना छोराछोरीलाई घरमै बसिबसि अध्ययन प्रति रुचिजगाउने उद्देश्यले कार्य पुस्तिका तयार गरिदिएको अभिभावक मिना पचभैयाले बताइन् ।


नियमित अनलाइन कक्षाको पहुँचमा नभएका विद्यार्थीहरुको लागि विभिन्न सोसल मिडिया मार्फत अध्ययन सामग्री उपलब्ध गराइरहेको, प्याब्सन, रिड नेपाल, शैक्षिक सामग्री केन्द्रद्वारा निर्माण गरिएको टि.भि. र रेडियो शिक्षणको लागि सहजिकरण गरिएको कुरा विद्यालयका एकाडेमिक इन्चार्ज प्रेमकुमारी थापाले बताइन् ।

Comments
Loading...