अपांगता भएका ब्यक्तिबारे बराङ्दीमा अन्तरक्रिया सम्पन्न

0 25

पाल्पा । अपाङ्गता भएका व्यक्ती ,उनीहरुका परिवार र सरोकारवालाहरु बिच अपाङ्गता सम्बन्धी सचेतनामूलक अन्तरक्रिया कार्यक्रम वराङ्दीमा सम्पन भएको छ ।

गाउँ अपाङ्ग पुर्नस्थापना समन्वय समिति बगनासकाली गाउँपालिका ८ वराङ्गदी पाल्पाको आयोजना र वडा कार्यालयको आर्थिक सहयोगमा भएको कार्याक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बगनासकाली गाउँ पालीकाका ८ का वडा अध्यक्ष गणेश प्रसाद बस्यालले अपाङ्गता भएका परिवार र व्यक्तीलाई नेतृत्व सगै क्षमता अभिबृद्धीका लागि सरकारले पहल गरेको बताउदै सरकारको काममा जनताको चासोले नै कामले पुर्णता पाउने बताए ।

कार्यक्रममा स्वास्थ चौकी बराङ्दीका सिनियर अहेव गोम बहादुर क्षेत्री, वडा सचिव नारायण प्रसाद आचार्य लगायतले बोल्दै अपाङ्गता भएको परिवारको अवस्थामा सुधार सगै क्षमता अनुरुपको काममा प्रोत्साहान गर्नु पहिलो दायित्व हुने बताए । गाउँ अपाङ्ग पुर्नस्थापना समन्वय समिति वराङ्गदी सह संयोजक रुक्मा कुमारी पाण्डेको अध्यक्षतामा सम्पन भएको थियो । कार्यक्रममा बराङ्दीका अपाङ्गता भएका व्यक्तीहरु र उनिहरुका अभिभावकहरु र सरोकारवला निकायकका प्रतिनिधीहरुको सहभागिता रहेको अन्तरक्रिया कार्यक्रममा अपाङ्गता के हो , अपाङ्गता प्रकार,किसिम, अपाङ्गताहुने कारण , कानुनी व्यवस्था ,सरकारले उपल्बध गराउने सेवा र सुबिधाको अवस्था, अभिभावकको भुमिका लगायतका बिषयमा अधिबक्ता राजेन्द्र बस्याल जमुना घिमिरे, पत्रकार दयाराज न्यौपानेले सहजीकरण गरेका थिए ।

Comments
Loading...