अपांगता भएका ब्यक्तिहरुलाई रिब्दीकोटमा ह्विल चियर र छडि बितरण

0 245

चुरामणी तिमिल्सिना । पाल्पा
रिब्दीकोट गाउँपालिका वडा नं. १ ख्याहा पाल्पामा अपांगता भएका ब्यक्तिहरुलाई ह्विल चियर तथा छडि बितरण कार्यक्रम सम्पन्न भएको छ ।

वडा अध्यक्ष विष्णु प्रसाद गैरेको अध्यक्षतामा चलेको कार्यक्रममा प्रमुख अतिथिको रुपमा रिब्दिकोट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर जिसी रहेका थिए । सो अवसरमा बोल्दै अध्यक्ष जिसीले अपांगता भएका ब्यक्तिहरुको सहयोगका लागि पालिकाले बिभिन्न कार्यक्रम बनाइरहेको बताए ।

वडा भित्र बसोबास गर्ने अपाङगता व्यक्तिहरूलाइ ६ वडा ह्विल चियर, २ वडा सेतो छडी र १ वटा बैशाखी वतरणा गरिएको थियो । कार्यक्रममा समाजसेवी , जन्प्रतिनिधी कार्यलयका कर्मचारीहरु लगायतको सहभागीता रहेको थियो ।

मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम लुम्विनी प्रदेश बुटवलको आर्थिक सहयोग र रिब्दीकोट गाउँपालिकाको समन्वयमा कार्यक्रम संचालन भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य वडा सचिब शिव चालिसेले गरेका थिए भने सञ्चालन शिव जिसीले गरेका थिए ।

Comments
Loading...