अपांगता भएका व्यक्तिहरुलाई लक्षित गरि स्वास्थ्य शिविर सम्पन्न

0 92

पाल्पा । गाउँ अपांगता पूर्नस्थापन समितिको आयोजना, Nepalese Brothers Room (NBR) Kind Heart Society को सहयोगमा बगनासकाली गाउँपालिका–वडा नं. २, ३ र ४ लाई लक्षित गरि अपांग लक्षित निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम शनिवार समपन्न भएको छ । उक्त कार्यक्रम गाउँ अपांग पुर्नस्थापन समितिका अध्यक्ष कमला सुनारको अध्यक्षता, बगनासकाली–३ का वडा अध्यक्ष टीका बहादुर थापाको प्रमुख आतिथ्यता, NBR का प्रतिनिधि श्रीधर पाण्डे KHS का प्रतिनिधि डा. सुमन श्रेष्ठ, बगनासकाली–२ का वडा अध्यक्ष टेकनाथ शर्माको आतिथ्यतामा र देवि न्यौपानेको संचालनमा सम्पन्न भएको थियो ।
अपांग लक्षित निशुल्क स्वास्थ्य शिबिर कार्यक्रममा ३८ जना पुरुष र २७ जना महिला गरि जम्मा ६५ जना लाभान्वित भएका थिए ।
कमल बस्याल । चुरामणी पोखरेलबाट

Comments
Loading...