बगनासकालीमा स्वास्थ्य शिविर सम्पन्न

0 70

पाल्पा । गाउँ अपांगता पुर्नस्थापन समितिको आयोजना तथा सामाजिक सञ्जाल समूह, Nepalese Brothers Room NBR / Kind Heart Society को सहयोगीमा बगनासकाली गाउँ पालिका–१ चिर्तुङधारामा, पाल्पामा अपांग लक्षित निशुल्क स्वास्थ्य शिबिर कार्यक्रम शनिवार सम्पन्न भएको छ ।
कार्यक्रमको अध्यक्षता गाउँ अपांग पुर्नस्थापना समितिका अध्यक्ष चन्द्रबिर थापा, प्रमुख अतिथि बगनासकाली गाउँपालिका उपाध्यक्ष सरस्वती चिदी, अतिथिको रुपमा लुम्विनी मेडिकल कलेजका डाक्टरहरु र संस्थाका प्रतिनिधिहरुको सहभागिता थिया ।
यस कार्यक्रममा एनबिआरको तर्फबाट मुकुन्द पौडयाल,  Kind Heart Societyको तर्फबाट नोकोलश भुशाल र सन्दिपा शर्माले मन्तव्य राखेका थिए । साथै कार्यक्रमको संचालन देवी न्यौपानेले गरेका थिए । अपांगता भएका व्यक्तिहरु लक्षित निशुल्क स्वास्थ्य शिविर कार्यक्रममा १७ जना पुरुष र १८ जना महिला गरि जम्मा ३५ जनाले सेवा लिएका थिए । चुरामणी पोखरेलबाट ।

Comments
Loading...