अप्ठेरोका बेला कालोबजारी गर्नेहरुलाई कारवाही गरौं

0 103

चीनबाट सुरु भएको कोरोना भाइरसको त्रास नेपालमा पनि फैलिएको छ । कोरोना त्रासकै कारण यहाका अस्पताल तथा मेडिकल हलहरूमा मास्कको अभाव देखिन थालेको छ । कोरोना भाइरसको संक्रमण फैलने हल्ला बढेपछि पाल्पामा पनि केही दिनदेखि मास्क अभाव भएको छ । बजारमा मास्क बिक्री गर्ने डिलरले समेत मास्क दिन नसक्दा मास्क अभाव भएको मेडिकल हलहरुले बताएका छन् । एक साता अघिसम्म सजिलै मास्क पाइएको भएपनि अहिले मास्क अहिले अस्पताल तथा मेडिकल हलहरूमा पाइन छाडेको छ । मास्क कोरोना भाइरसबाट बच्नका लागि प्रयोग गरिदैं आएको छ । विभिन्न देश तथा विदेशमा समेत मास्कको अभाव हुदा नेपालमा पनि मास्क अभाव भएको हुनसक्ने कतिपयले बताएका छन् । तर अभावको बाहना बनाएर यसअघि १० रुपैयाँमा पाइने मास्कको मुल्य अहिले ५० रुपैया“सम्म लिने गरेको गुनासो आइरहेको छ ।

कोरोनाको हल्ला फैलिएपछि मास्क अभावसँगै यहा खाद्यन्न अभाव हुने डरले उपभोक्ताहरुले आवश्यकता भन्दा बढी खाद्यन्न तेल, दाल चामल खरिद गर्न थालेका छन् । जसका कारण ब्यापारीहरुले खाद्यन्न कम आपूर्ति भएको बाहनामा अन्य समयभन्दा मुल्य बढी लिने गरेको गुनासो पनि आम उपभोक्ताहरुको रहेको छ । हुन त नेपालमा सानो हल्लाले पनि ठूलो प्रभाव पार्छ । अन्य देशमा घरमा आफुलाई नराखेर पनि अरुलाई सहयोग गर्छन् । तर हामीकहा“ कृतिम अभाव गराइन्छ । यसअघि भुकम्प र भारतीय नाकाबन्दीका बेला समेत ब्यापारीहरुले कृतिम अभाव गराएर धेरै पैसामा सामान बेचेका प्रसस्त उदाहरण छन् । अहिले पनि त्यसो नहोला भन्न सकिन्न । अप्ठेरो मौका छोपेर कालो बजारी गर्नेहरु यस्तो बेला सल्बलाउन सक्छन् । यसकारण यसको राम्रो गरि अनुगमन आवश्यक छ । उपभोक्ताले पनि जति भन्यो त्यति मुल्यमा किन्ने होइन । आफु ठगिएको महसुस भए तत्काल प्रहरी वा प्रशासनलाई खवर गर्नुपर्छ । प्रशासनले समेत यो वा त्यो बाहानामा कालो बजारीलाई प्रसय दिनहुँदैन । तत्काल छानविन गरि कारवाहीको दायरामा ल्याउनुपर्छ र कारवाही गरिएकोबारे आम नागरिकलाई जानकारी गराउनुपर्छ । यदि त्यसो भयो भने अन्य ब्यापारीहरु समेत कालो बजारी गर्न, आवश्यकता भन्दा बढी मुल्य लिन डराउ“छन् ।

अर्कोतर्फ ब्यापारी, होटल ब्यबसायी, मेडिकल ब्यवसायीका साझा संस्थाहरुले समेत यो समयमा सामाजिक उत्तरदायित्व देखाउनुपर्छ । सके सहयोग गर्ने नसके बढी मुल्य लिएर नबेच्ने र कसैले बेचेमा आन्तरिक रुपमा कारवाही हुन सक्नेमा उनीहरु आपसमा प्रतिबद्ध हुनु आवश्यक छ ।
पाल्पा समाचारपत्र बर्ष ९ अंक ३३ को सम्पादकीय

Comments
Loading...