अभियान चलाउँदै प्रहरी टोल टोलमा

0 67

चुरामणी तिमिल्सिना । (रिडी
ईलाका प्रहरी कार्यलय रिडि गुल्मीले रुरु गाउँपालिका ४ बलेटक्सारमा लैगिंक हिंसा विरुद्ध १६ दिने अभियान अन्र्तगत लैङ्गिक हिंसा सम्बन्धित १ दिने चेतना मुलक कार्यक्रम सम्पन्न भएको छ ।
रुरु ४ का वडा अध्यक्ष फर्सुराम ज्ञवालीको अध्यक्षतामा कार्यक्रम भएको थियो । ईलाका प्रहरी कार्यलय रिडीका प्रहरी निरीक्षक राधेश्याम सिंह सैथवारले जनप्रतिनिधि महिला समूह आमा समुह गरि ३० जनालाई प्रशिक्षण गरेका थिए ।


कार्यक्रममा वडा अध्यक्ष ज्ञवालीले यस्ता कार्यक्रमबाट महिला हरुले धेरै कुराहरु सिकेर समाजलाई परिबर्तन गर्न सघाउ पुगेको र आफुहरु पनि निर्धक्क तरिकाले बोल्न सकेको बताए । यस्तै कार्यक्रम रुरु ३ थानपतिमा पनि सम्पन्न भएको छ ।

Comments
Loading...