अमेरिकामा पनि नेपाल भ्रमण बर्षको तयारी

0 188

काठ्माण्डौ । नेपाल सरकारले गर्न लागेको नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउन नेप्लिज एसोसिएसन इन साउथइष्ट अमेरिका नासाले औपचारिक रुपमा कार्यक्रम सुरू गरेको छ ।

अमेरिकाको एटलान्टामा एक बिशेष कार्यक्रमको आयोजना गरि नेपाल सरकारका न्याय तथा कानुन मन्त्री भानुभक्त ढकालले कार्यक्रमको सुरुवात गरे । नेप्लिज एसोसिएसन अफ जर्जियाको सहयोगमा भएको कार्यक्रमको पानसमा बत्ती बाल्दै र रिबन काटेर भ्रमण बर्ष २०२० को ब्यानर खोली प्रमुख अतिथि ढकालले कार्यक्रमको उद्घाटन गरे ।

सो अवसरमा मन्त्री ढकालले प्रबासमा रहेर पनि नेपालीहरुले नेपाल सरकारको कार्यक्रमलाई सफल बनाउन लागि परेको देख्दा आफु निकै खुशी भएको र सरकारको तर्फबाट पूर्ण सहयोग गर्ने बचनबद्धता ब्यक्त गरे । कार्यक्रमको बिशेष अतिथिको रुपमा जर्जिया राज्यका डेमोक्रेटिक पार्टीका सिनेटका नेता सिनेटर स्टिभ हेन्सन र सिनेटर शेख रहमान रहेका थिए ।
अर्का सिनेटर शेख रहमानले आफुले नेपाल भ्रमण बर्षलाई सहयोग गर्दै २०२० मा नेपाल जाने बताउदै नासाले संचानल गर्ने कार्यक्रमको सफलताको कामना गरे । कार्यक्रममा पूर्व अध्यक्षहरू राम चन्द्र बराल र संजिव सापकोटा लगाएतले शुभकामना संदेश दिएका थिए ।

सो कार्यक्रममा बोल्दै सिनेटर स्टिभ हेन्सनले आफु नेपालीहरुको बिचमा आएर बोल्न पाउदा खुशी ब्यक्त गरे । नासाका अध्यक्ष विनय अर्यालको सभापतित्वमा भएको कार्यक्रममा नेप्लिज एसोसिएसन जर्जियाका अध्यक्ष कुमार केसिले सबैलाई स्वागत गर्दै भ्रमण बर्षलाई सहयोग गर्न अनुरोध गरेका थिए भने नासाका बरिष्ठ उपाध्यक्ष अम्बिका लोहनीले धन्यवाद दिएकी थिइन । १९९१ मा एटलान्टाबाट नै सुरु भएको नासाको आफ्नो कार्यकालको सुरुवाती बैठक पनि एटलान्टाबाट नै सुरु गरेको बताउँदै अध्यक्ष अर्यालले भ्रमण बर्षको कार्यक्रम पनि यहीबाट नै सुरु गरेको बताए ।


कार्यक्रम संयोजक पर्यटनदुत तथा नासाका पूर्व अध्यक्ष राजा घलेले एक बर्ष भरि नासाले स्थानीय नेपाली सस्थाहरुसंग मिलेर बिबिध कार्यक्रम संचालन गर्ने बताए । स्थानीय बालबालिकाहरुले सांगीतिक प्रस्तुत गरेर कार्यक्रमलाई रोचक बनाएका थिए । यसै गरि भ्रमण बर्षमा संचालन गरिने बिबिध कार्यक्रम मध्ये ४ वटा कार्यक्रम सोही दिन सुरुवात गरिएको छ । बिशेष गरि भ्रमण बर्षको संदेश जाने गरि अमेरिका मै हुलाक टिकट प्रकाशन गर्ने लक्ष्य राखिएको र एटलान्टा शहरको यातायात बिभागसंग समन्वय गरि चारवटा गाडी रोक्ने स्थल शेल्टर ९ बस चढ्ने र उत्रिने सार्वजनिक स्थलमा भ्रमण बर्षको तुलहरु राखिएको छ ।


बिशेष गरि भ्रमण बर्षको संदेश जाने गरि अमेरिका मै हुलाक टिकट प्रकाशन गर्ने लक्ष्य राखिएको छ । जस मध्ये सार्वजनिक स्थलमा प्रचार प्रसार सामग्री प्रदर्शन ,नेपाली ब्यबसायीहरुलाई प्रचार सामाग्री हस्तान्तरण ,सामाजिक संजाल फेसबुकमा भ्रमण बर्षको लोगोलाई प्रोफाइलको रुपमा प्रयोग गरि र ईमेल हस्ताक्षरको रुपमा भ्रमण बर्षको संदेश प्रयोग गरि सुरुवात गरिएको छ । यसरी नै अमेरिकाका विभिन्न राज्यका शहरहरुमा प्रचार प्रसार सामग्री तथा तुलहरु राख्न सके भ्रमण बर्षको संदेश अमेरिका भरि नै सहज तरिकाले पुग्ने नासाका अध्यक्ष बिनय अर्यालले बताए ।


अमेरिकामा भएका नेपालीका सबै खाले व्यवसायमा भ्रमण बर्षका प्रचार सामाग्रीहरु प्रदर्शन गर्ने कार्यक्रम अनुसार सिएनएनको मुख्यालयमा व्यवसाय संचालक रामजी पराजुलीलाई प्रचार सामग्री हस्तान्तरण गरेका थिए । परेवा खबरको सहयोगमा

Comments
Loading...