अव कालीगण्डकीको पानी बगनासकालीका घर घरमा

0 123

पाल्पा । बगनासकाली गाउँपालिकाले आर्थिक बर्ष २०७५।०७६ को नीति,कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ ।

कार्यक्रममा बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्यालले अबको दुइ बर्ष भित्र बगनासकालीका बासिन्दाहरुले विकासको पूर्ण महसुस गर्न पाउने बताए । उनले कृषि र पशुपालन क्षेत्रमा आवश्यक रकमको ब्यवस्था सहित आवशयक तालिमको समेत अवसर सृजना गरि युवाहरुलार्ई देशमै उत्पादनमुलक कार्यमा लगाइने बताए ।

प्रत्येक स्वास्थ्य चौकीहरुमा ल्याबको ब्यबस्था मिलाउने,सुगर र ब्लड प्रेसरको बिरामीहरुलाइ निःशुल्क औषधीको ब्यबस्था गर्ने जस्ता समाजको हित हुने जनसरोकारको बिषयमा जोड दिइने उनले बताए । उनले तिन बर्ष भित्रैमा कालीगण्डकीको खानेपानी योजना सम्पन्न गरि घर घरमा खानेपानीको धारा ब्यवस्था गर्ने बताए ।

गाउँपालिकाका प्रमुख प्रसासकीय अधिकृत राम चन्द्र अर्यालले गाउँपालिकाका दीर्घकालिन नीति तथा कार्यक्रमहरु प्रस्तुत गरे । उनले आगामी आर्थिक वर्षका लागि ४३ करोड ४४ लाख २८ हजार रुपियाँ बराबरको बजेट प्रस्तुत गरे । कार्यक्रममा यो वर्ष सबैभन्दा राम्रो कार्यसम्पादन गरेको र बगनासकाली गाउँपालिकाको कार्यक्रमहरुलाई प्रभावकारी नेतृत्व गरेको भन्दै प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अर्याल सहित अन्य कर्मचारीहरलाई समेत सम्मान गरिएको छ । कार्यक्रममा बिपद ब्यवस्थापन समितिका संयोजक तेजप्रसाद रसाइली, गाउँपालिकाका कर्मचारी कृष्ण बहादुर थापा, खानीछापका वडा सचिव कुल प्रसाद अर्याल, प्राविधिक प्रमुख कल्याण सिं पान्डे, कृषि शाखा प्रमुख सन्तोस जिसी भर्खरै सेवा निवृत्त भएका कार्यालय सहयोगी ढाल बहादुर झेंडी, अन्य कर्मचारीहरु नन्दा चिदी, बलबहादुर घर्ती, लाई सम्मान गरिएको छ ।

सोही अवसरमा गाउँपालिकाको स्वेतपत्र समेत सार्वजनिक गरिएको छ । कार्यक्रममा पत्रकार महासंघका उपाध्यक्ष भरत शर्माले बगनास कालीको निति तथा कार्यक्रम निर्माण देखिनै पत्रकारहरुको निरन्तर सहयोग रहेको बताए । बरिष्ठ पत्रकार मेघराज शर्मा, पत्रकारहरु यज्ञमूर्ति तिमिल्सिना, जगदीश भट्टराई, किरण कौशल, मिलन बिक, कृष्ण पोखरेल लगायतले सुझाव दिएका थिए । गाउँपालिका उपाध्यक्ष सरस्वती चिदी को स्वागत, शिक्षा शाखा प्रमुख मणि खनालको सञ्चालन र गाउँपालिका अध्यक्ष कृष्ण बस्यालको अध्यक्षतामा कार्यक्रम चलेको थियो ।

Comments
Loading...