अव मदनपोखरामा प्राविधिक शिक्षा

0 142

नेत्र गैरे । तानसेन
मदनपोखरा पोलिटेक्निकल इन्स्टिच्युट मदनपोखरा दमकडाले शैक्षिक बर्ष २०७५ देखि कृषि बिषयमा आई एस्सी एजीको कक्षा संचालन गर्ने भएको छ ।

इन्स्टिच्युटले यहि साउन ११ गतेसम्म आवेदन लिने र साउन १८ गते परिक्षा लिने तयारि गरेको छ । दमकडा केन्द्र र देशभरिबाट परिक्षा लिने बिद्यार्थीहरु बाट यस क्याम्पसमा ४० कोटा पुरा गर्ने प्रिन्सिपल संजय कुमार यादवले बताए ।

प्राविधिक तथा व्यावसायिक तालिम परिषद ( सि टी ई भी टि ) को आंगिक कलेज अर्थात आफ्नै शिक्षालयका रुपमा स्थापित यस कलेजले यसै बर्ष देखि पठन पाठन शुरु गर्न लागेको प्रिन्सिपल यादवले बताए । शिक्षालय संचालक समितिको बैठकले ४० जना बिद्यार्थीका लागि कोटा क्षेत्र निर्धारण गरेको छ ।

जसमा तिन बर्षे कोर्शका लागि खुल्ला बाट १६ जना, महिला ८, पाल्पा बाट २ जना, स्थानीय १ र छात्रवृत्ति कोटामा ४ जना र दलित, जनजाती, पिछडा वर्ग, अपाङ्गता भएका लगाएतका सबै क्षेत्रको कोटा सुनिश्चत गरेको प्रिन्सिपल यादवले बताए । प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद ढकालको अध्यक्षतामा बसेको शिक्षालयको बैठकले बिद्यार्थी लाई तिन बर्षको पढाईमा लाग्ने शुल्क १ लाख ३५ हजार ६ सय निर्धारण समेत गरेको छ । जुन शुल्क प्राविधिक शिक्षाकै कम रहेको स्रोतको दावी छ ।

Comments
Loading...