अस्ताए उज्यालो गाउँका सारथीहरु

0 17

पाल्पा । तानसेनबाट रिब्दीकोट गाउँपालिका, ६ ठिमुरेतर्फ जाँदै गरेको बा १ च ८९७० नम्बरको जीप शनिवार बेलुकी ६ बजेतिर ठिमुरेको देउरालीमा दुर्घटना हुँदा दुई जना बेपत्ता भए । जीप खोचमा खसेकोले शनिवार अवेरसम्म प्रहरी र स्थानीय बासिन्दाले उद्धार प्रयास गरेपनि सफल भएन । जीपले च्यापिएर दुबै जनाको मृत्यु भइसकेको थियो ।

तानसेन नगरपालिका १० गणसालका २६ वर्षीय विवेक पौडेल र ३६ वर्षीय डोल्पाली भन्ने टंक चलाउने उक्त जीपमा बिजुलीको सामान लिएर ठिमुरे तर्फ जादै थिए । उज्लालो ठिमुरेको सपना बोकेर गएका उनीहरुको सपना पूरा भएन । उनीहरु दुबै जनाको शव आइतवार बिहान गाडीमा च्यापिएको अवस्थामा निकालिएको छ । शवको पोष्टमार्टमका लागि तानसेन ल्याएको छ । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय उद्धारमा खटेका थिए ।
जीप सडकभन्दा ६० मिटर तल खसेको थियो ।

Comments
Loading...