आइतबार पाल्पामा १६ जनाको परीक्षण भएकोमा ८ जनामा कोरोना पुष्टि

0 638

पाल्पा । आइतबार पाल्पामा थप ८ जनामा कोरोना पुष्टि भएको छ । जम्मा १६ जनाको परीक्षण गरिएकोमा ८ जनामा कोरोना देखिएको हो ।
यसरी थपिएकाहरुमा तानसेन नगरपालिका क्षेत्रका ४ जना पुरुष र १ जना महिला गरि ५ जना, रामपुर नगरपालिका क्षेत्रका २ जना महिला र बगनासकाली गाउँपालिका क्षेत्रका १ जना पुरुष रहेका छन् ।

योसंगै पाल्पामा कोरोना संक्रमित हुनेको संख्या १ हजार २ सय ५१ पुगेको छ । संक्रमितमध्ये १ हजार ८२ जना संक्रमणमुक्त भएका छन् । कोरोनाकै कारण पाल्पामा १३ जनाको निधन भएको छ ।

Comments
Loading...