आचारसंहिंता उल्लंघन गर्नेलाई भोट नदिनुस् निर्वाचन आयुक्त

0 81

कमल बस्याल । तानसेन
निर्वाचन आयुक्त ईश्वरी प्रसाद पौडेलले निर्वाचनका लागि मतदाताहरुले ढुक्कसंग मतदान गर्ने वातावरण निर्माण गर्नका लागि निर्वाचन आयोगले आवश्यक सम्पुर्ण तयारी गरेको बताएका छन् । उनले निर्वाचनका बेला मतदाताले भोट हाल्ने सहज वातावरण निर्माण गर्न र भोट बदर हुन नदिन आवश्यक कार्यहरु गरिरहेको बताए ।

तानसेनमा आयोजित एक कार्यक्रममा उनले अति सिमित समयमा आफुहरुले निर्वाचन सम्पन्न गर्नुपरेको भन्दै केहि कमि भएपनि त्यसलाई सुधार्दै लैजाने समेत बताए । साथै उनले निर्वाचनको समयमा आचारसंहिंता उल्लंघनका घटना बढन सक्ने भएकाले त्यसमा पनि निर्वाचन आयोग सतर्क रहेको औल्याए । बिषेशगरि मौन अवधिको समयमा हुने आचारसंहिंताका घटनाहरु घटन नदिन आयोगले अहिले निर्बाचन अनुसन्धान अधिकृत खटाएको समेत उनले जानकारी दिए । दलहरु आफैले बनाएको आचारसंहिता आफै उल्लङघन गर्छन भने उनीहरुबाट जनताले कस्तो अपेक्षा गर्ने ? उनको प्रश्न थियो ।

साथै उनले आचारसहिंता उल्लंघन गर्नेलाई भोट नदिई जनतालेनै दल तथा उमेदवारहरुलाई कारबाही गर्न सक्ने बताए । मंसिर २१ गते दाश्रो चरणमा हुन गईरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्बाचनको गतिबिधि बुझन पाल्पा आएका उनले निर्वाचन स्वच्छ शान्त र निष्पक्ष तरिकाले सम्पन्न गर्नका लागि सबैले आ–आफनो क्षेत्रबाट सहयोग गर्न समेत आग्रह गरे । कार्यक्रममा क्षेत्रिय प्रशासक लक्ष्मण अर्यालले आफुहरुले निर्बाचनमा हुने सुरक्षा चुनौतिलाई मध्यनजर गर्दै सुरक्षा ब्यवस्था चुस्त दुरुस्त बनाएको भन्दै बिश्वस्त रहन मतदाताहरुलाई आग्रह गरे ।

Comments
Loading...