आजका युवा इतिहासकै अब्बल युवा कहलिन सक्छन्

0 102

राजेश पाण्डेय
युवा सामाजिक अभियन्ता

सामाजिक सेवाका अनेक आयामहरु छन । सामान्य अर्थमा बुझ्दा समाजमा बस्ने मानिसहरुको एक पक्षले अर्को पक्षको आवश्यकता परिपुर्ति गर्नका लागि गरिने आवश्यक सहयोग भन्ने बुझिन्छ तर यतिमै सामाजिक सेवाको स्पस्टता भने पुरा हुँदैन । मानिस एक सामाजिक प्राणी हो । सामाजिक प्राणी भएकै नाताले एक आपसमा घूलमिल उठबस, पारस्पारिक सहयोग, सद्धभाब, आपसी मेलमिलाप, माया प्रेम र सहानुभुति सामाजिकता संगै सामाजिक सेवाका निम्ती अपरिहार्य हुन्छ ।

म बिगत ६ बर्षदेखी सामाजिक अभियन्ताको रुपमा क्रियाशिल छु र मैले चलाएको सामाजिक सेवाको अभियानले समाजमा बस्ने जुनासुकै नागरिक प्रत्यक्ष रुपमा त्यो सेवाबाट लाभाम्बित होस् भन्ने मेरो चाहना रहन्छ । अर्को कुरा समाजमा बस्ने प्रत्यक नागरिकहरु भावनात्मक रुपमै परोपकारि सेवाबाट अभिप्रेरित हुनुपर्दछ भन्ने पनि मान्यता म राख्दछु । अहिले कालिगण्डकी गाँउपालिका तथा आसपासका क्षेत्रबाट बिरामी बोकी साईरन बजाउदै हूइकिने भु पु बिधार्थी मञ्च ध्रुबज्योति मा बि को एम्बुलेन्स सेवा र कालिगण्डकी गाँउपालिका पक्की सडक खण्डका अप्ठ्यारा घुम्तिहरुमा राखिएका नाङ्लो जस्ता ठुल्ठुला सडक एनाले मलाई सामाजिक अभियन्ताको उपमा थपिदिएको हो ।

मेरो बारेमा लेख्नु पर्दा म उमेरले बर्ष २७ को ब्यक्ति हुँ । हालको जगत्रदेबी नगरपालिका २ इलुङ्गा,स्याङ्जा मा जन्मिएर कक्षा ७ सम्मको अध्ययन श्री राधाकृष्ण नि मा बि इलुङ्गा स्याङ्जा मा गरेको हुँ । तत्पश्चात् बुवा आमा ब्यापारको शिलशिलामा कालिगण्डकी गाँउपालिका ६ दब्छे लाम्दिकोटमा बसाइ सर्नुभो र कक्षा ८ को अध्ययन श्री ध्रुबज्योति मा बि दब्छे रानीखरक मा सँके । कक्षा ९ देखी १२ सम्म श्री भगवति नमुना मा बि मिर्मी ढाब र स्नातक तह पाल्पा तानसेन श्री त्रिभुवन बहुमुखी क्याम्पस बाट सकी ५ बर्षे दक्षिण कोरियाको सफल बैदेशिक यात्रा पुरा गरी भर्खरै मातृभुमी फर्केको छु ।
मेरो घर मुल बाटोको छेवइमा छ । स्वास्थ्य उपचारको लागि मेरो समाज र समाज वरपरका क्षेत्रबाट नजिकमा राम्रो अस्पताल सुबिधा नहुँदा स्टेचरमा बोकेर अस्पताल सम्म पूर्याउन दौडाइरहेका बिरामीहरु, प्रसुती बेथा लागेका गर्भवति महिलाहरु र दौडाउदा ,दौडाउदै बेलैमा अस्पताल सम्म पुर्याउन नसक्दा आधी बाटोमै अकालमा ज्यान गएका घटनाहरु दिनहुँ जसो मेरै आँखा अगाडि घट्दथे । मलाई यि सबै सामस्याले मैले बुझ्ने र जान्ने भएदेखी नै पिरोलिरहन्थ्यो बैदेशिक रोजगारिमा दक्षिण कोरिया प्रबेश संगै एउटा अठोट मनमा जाग्यो यो समस्याको समाधान खोज्नै पर्छ ।

समाधान खोज्ने क्रममा तत्काल नजिकमा अस्पताल खोल्न सम्भब नदेखिएपछी अस्पताल सम्म ति बिरामीहरु पुर्याउन सुबिधा सम्पन्न एम्बुलेन्सको अबधारणा बन्यो र यसबारे बुझ्दै जाँदा एम्बुलेन्स सञ्चालनका लागि आधिकारिक संस्था आवश्यक पर्दो रहेछ आधिकारिक संस्थाका लागि म आफुले अध्ययन गरेको श्री ध्रुबज्योति माध्यामिक बिधालयका पूर्व बिधार्थीहरुको संगठन निर्माण गरी सोही संस्था द्वारा एम्बुलेन्स सञ्चालन गर्ने निर्णय भयो ।

तत्पश्चात नेपालमा रहेर बिधालयको भुतपुर्ब बिधार्थीको संगठन निर्माण गर्नदेखी लिएर संगठनलाई आधिकारिकता प्रदान गर्न बिधालयकै प्रड्ड अ तथा समाज सेबी ब्यक्तित्व श्री हिरा बहादुर थापा लगायतका ब्यक्तित्वहरु खटिएर लाग्नु भो म दक्षिण कोरियामा सामाजिक संजालको उच्चतम प्रयोग गरी बिधालयका भुतपुर्ब बिद्यार्थीहरुलाई एकिकृत पार्दै एम्बुलेन्सका लागि अर्थ जुटाउन सहयोग आह्वान गर्न लागे ! अन्ततस् देश बिदेशमा छरिएर रहनुभएका भुतपुर्ब बिद्यार्थीज्युहरु र बिभिन्न क्षेत्रका सहयोगी मनका धनी ब्यक्तित्वहरु सम्पूर्णको सहयोगमा हामीले एम्बुलेन्सका लागि करिब नेपाली ४० लाख संकलन गरी भुतपुर्ब बिद्यार्थी मञ्च स्थापनाको १ बर्षमै सुबिधा सम्पन्न एम्बुलेन्स सञ्चालन गर्न सफल भयौ हाल भुतपुर्ब बिद्यार्थी मञ्च ध्रुबज्योति मा बि एम्बुलेन्स सेवा को नामबाट समग्र कालिगण्डकी गाँउपालिका र जगत्रदेबी नगरपालिकाका केही भागमा एम्बुलेन्स सेवाले सेवा प्रदान गरिरहेको छ । बिधालयका पूर्व बिद्यार्थीहरुको संगठन द्वारा सञ्चालित यो एम्बुलेन्स सेवा नेपालमै नमुना सेवा भएको जानकारी गराउदै जिल्ला शिक्षा कार्यलयले हामीलाई स्याबासी र सम्मान पनि प्रदान गर्यौ ।

जे गर्नु छ सुरुवात आजैबाट आफैबाट गर्नुपर्छ । अनिमात्र देश तथा समाज विकासमा आफ्नो भूमिका अतुलनिय रहन्छ भन्ने राम्ररी बुझेको छु मैले प्रदेशमा होस या देशमै रहँदा आफ्नो गाँउ ठाँउ र समाजका निम्ती केही गर्न सकिएन भने आँफुले कमाएको उपलब्धीले त्यती धेरै महत्व राख्दछ जस्तो लाग्दैन मलाई फलस्वरुप साबिकको कृष्णगण्डकी गाबिस स्याङ्जाबाट रोजगारिको शिलशिलामा दक्षिण कोरिया पुग्नुभएका युवाहरु एकिकृत भै समाज प्रत्यक्ष रुपमा लाभाम्बित हुने किसिमको सेवा गर्नुपर्दछ भन्ने मनमा लाग्यो र मुख्य संयोजकको भूमिका निर्वाह गर्दै साबिकको कृष्णगण्डकी गा बि. स बाट दक्षिण कोरियामा रहनुभएका साथीहरुलाई एकिकृत पार्दै २०१५ को सेप्टेम्बरमा हामीले कृष्णगण्डकी समाज दक्षिण कोरिया नामक संस्था स्थापना गर्यौ ।

साथीभाईहरुले पूर्ण समर्थन गर्दै संस्थाको नेर्तित्व गर्ने जिम्मा मेरै हातमा सुम्पनु भो । अध्यक्ष पदमा रहेर मैले संस्थालाई गातिशिलता प्रदान गर्दै गर्दा नेपालको भौगोलिक बिकटता संगै बढ्दो सडक दुर्घटनाको भयाबह स्थिती न्युनिकरणका लागि दुई तर्फ बाट आएका सवारि साधन एक आपसमा ठोकिएर हुने दुर्घटनालाई कम गर्न (रिफ्ल्याक्ट मिरर )अर्थात सडक एनाको अबधारणा मैले प्रस्ताबमा अघी सारे र छलफल पश्चात् हालको कालिगण्डकी गाँउपालिका भित्रका पक्की सडक खण्डका अप्ठ्यारा घुम्तिहरुमा ति एनाहरु लगाउने निर्णय गर्यौ ।

यो अभियानमा पनि हामीले सामाजिक संजालको उच्चतम प्रयोग गर्दै साबिकको कृष्णगण्डकी गा बि स बाट दक्षिण कोरिया रहनुभएका साथीहरु सँग अर्थ जुटाउन सहयोग आह्वान् गर्यौ । सम्पूर्णको सहयोगमा करिब नेपाली रुपँया १५ लाख खर्च गरी अहिले कालिगण्डकी गाँउपालिका भित्रका अप्ठ्यारा घुम्तिहरुमा २४ ओटा सडक एना राख्न सफल भएका छौ । यो अभियान पनि देशमै नमुना अभियान भएको भन्दै राष्ट्रिय(अन्तराष्ट्रिय स्तरका मिडियाले बिशेष महत्वका साथ प्रसारण गरेका थिए ।

मैले अरु थुप्रै गौण रुपमा गरेका सामाजिक सेवाहरुलाई यहाँ जोडेको छैन अरु कुनै दिन जोडौला । बिशेष महत्व पाएका अनुकरणिय र अनुशरणिय नमुना सेवाहरुलाई मात्र उल्लेख गरे यस्ता कार्यहरु अरु सामाजिक सेवक तथा संघ संस्थाले पनि अनुशरण गर्न सके समाजको समृद्धी धेरै टाढा छैन । सबैभन्दा ठुलो प्रश्न यो हो कि तपाईं महान कार्य गर्ने निर्णय हृदय भित्रै बाट लिन सक्नु हुन्छ कि हुन्न ? माथिका उल्लेखित सामाजिक तथा परोपकारी अभियानहरुको अभियन्ताको रुपमा रहेर काम गरिरहदा दृण ईच्छाशक्ती, लगनशिलता ,मिहिनेत र निष्ठतालाई पालना गर्दै अगाडि बढ्ने हो भने लक्ष्यमा पुग्न कुनै कठिनाई म देख्दिन र अर्को कुरा युवा समाज परिबर्तनका संबाहक हुन र समाज परिवर्तनको अमूल्य सम्पति पनि युवा नै हुन तसर्थ समाजले होस या राज्य युवालाई नबिन चेतना र जागरुकता प्रदान गर्दै जिम्मेवारि दिन सक्यो भने आजका युवापुस्ता समाज र देश परिवर्तनमा इतिहासमै सार्बा्धिक सूयोग्य युवापुस्ता कहलिने सामार्थ्य राख्दछन ।

Comments
Loading...