आज दर्लममहाकालीमा रथयात्रा

0 21

पाल्पा । आज दर्लममहाकाली भगवती मन्दिरमा रथयात्रा भव्य रुपमा निकालिदैछ । बगनासकाली गाउँपालिका ५ दर्लमडाँडामा रहेको दर्लममहाकाली मन्दिरमा संचालन गरिने रथयात्राको सम्पूर्ण तयारी पूरा भएको छ ।

२०१० साल कार्तिक शुक्ल त्रयोदशीकाको दिन राती सपनामा श्री महाकालीले आकाशवाणीको रुपमा उपस्थित भई म यस स्थानमा, यस समयमा शिलाको रुपमा दर्शन दिनेछु र सोही शिलामा बिराजमान हुनेछु अव उप्रान्त माटोको मूर्तिमा पूजा नगरी सोही शिलालाई नै पूजा आरधाना गर्नु भनि एकै समयमा दर्लमडाँडा १ पाल्पाका पदंपाणी गैरे र खानीछाप मलेंगका ज्यो. हुमकान्त बश्याललाई दिक्ष दिएको र हाल मन्दिर भएको स्थानभन्दा २ सय फिट पूर्वको सपांगदी भन्ने स्थानबाट दिक्ष अनुसार महाकालीको मूर्ति प्राप्त भई ल्याएर पूजा आजा गर्न थालिएको मन्दिरको किंवदन्तीमा उल्लेख छ ।

दर्लममहाकाली नामले परिचित उक्त मन्दिर निर्माण कार्यलाई २०४८ सालदेखि निरन्तरता दिइदैं आएको मन्दिरका अध्यक्ष ङणराज गैरेले जानकारी दिए । यहाँ ठूली एकादशीको तेस्रो दिन बर्षेनी रथयात्रा हुँदै आएको छ । घर छाडेर कही बाहिर जानुपरे अथवा कुनै शुभकार्य गर्नु परेमा महाकालीसँग आर्शिवाद माग्ने र काम सिद्ध भएपछि बली चढाउने, रोट लैजाने र पूजा आज गर्ने प्रचलन रहँदै आएको छ ।

Comments
Loading...