आज रातिबाटै तानसेनको केही स्थान शील हुँदै, कुन कुन स्थान शील भयो जानीराखौं

0 908

पाल्पा । बिहीवार तानसेन ४ की ४० वर्षीया महिलामा महिलामा कोरोना संक्रमण पुष्टि भएपछि तानसेनका बिभिन्न स्थानलाई शील गर्ने निर्णय गरिएको छ । अर्को सूचना जारी नभएसम्मका लागि बिहीबार बेलुकी ८ बजेदेखि शील गरिएको पाल्पाकी सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताइन् । कोरोना समुदायमा फैलिएको पुष्टि भएपछि प्रशासनले उक्त निर्णय गरेको हो ।

कोरोना संक्रमण फैलनबाट रोक्नका लागि तानसेनका बिभिन्न स्थानलाई शील गरिएको उनले बताइन् । तानसेनको पूर्वमा हुलाकचोक, पश्चिममा गौरीशंकर, उत्तरमा टक्सार माछापसल र दक्षिणमा माथल्लिो पेट्रालपम्पसम्मको क्षेत्र शील गरिएको उनले बताइन् ।

Comments
Loading...