आमा प्यारो, गाउँ अप्ठ्यारो

0 31

गोपालप्रसाद वश्याल
“बाबा, आमावुवालाई पनि भिडियो हेर्ने मोबाइल किनिदिनु न । हेरेर कुरा गर्न मन लागेको छ ।”
“मोबाइल किनेर के गर्ने । वाइफाइ छैन ।”
“त्यसो भए वुवाआमालाई पनि यहीं बोलाऔं न ।”
“किन ? घरमा जाऔँ भन्दा मान्दिनौ ।”
“मलाई आमाको माया लाग्छ । तर गाउँमा अप्ठेरो लाग्छ ।”
यो शहरमा डेरा गरी बसेको वावुछोरीविचको सम्वाद हो । कोरोनाभाइरस विश्वभरि फैलिइसकेको कारण नेपालमा पनि लगातार लकडाउन भैरहेको छ । विश्वका ठूला, सम्पन्न र विकसित देशहरूमा कोरोनाभाइरसका कारण कोभिढ–१९ नामक रोग लागेर मर्ने मानिसहरूको संख्या एक लाख पुगिसक्यो । सौभाग्यको कुरा हो नेपालमा भने अहिलेसम्म कोरोनाभाइरसका कारण मृत्यु भएको पुष्टि भएको छैन । सरकारले लकडाउन गरेर आवतजावतमा नियन्त्रण गरेको छ ।

शुरूमा युरोपबाट जहाजमा आएका केहि कोरोना पोजिटिभ देखिएकाहरूको उपचार भएर निको भैरहेका छन् । भारतबाट आएकाहरूको पनि खोज्दै परीक्षण गरिएको छ । कोरोनाभाइरस संक्रमित भएको पुष्टि भएका एकदर्जन मानिसहरू मात्र छन् । रुपन्देहीका एकजनाको मृत्युको कारण अज्ञात नै भयो । शुरूमै विशेषज्ञ चिकित्सकसँग उपचारका लागि नजानु मुख्य कारण मान्न थालिएको छ ।

अहिले शहरमा बस्ने सबै परीवारको दिनचर्या मोबाइल हेर्ने, टेलिभिजन हेर्ने र टाढाटाढा भएका आफन्तहरूसँग कुराकानी गर्ने गरेर बितेको छ । स्वाभाविक हो अहिले सार्वजनिक सञ्चार माध्यम मात्र नभै व्यक्तिव्यक्ति विचको कुराकानीमा पनि कोरोनाभाइरसकै चर्चा भैरहेको हुन्छ । पछिल्ला केही दिनमा भारतबाट आएका मानिसहरूमा भाइरस संक्रमण देखिएको छ । ती मानिसहरू क्वरेन्टिनमा बस्न मानेका छैनन् । गाउँघरतिर विन्दास घुमिरहेका छन् । छिमेक चहार्ने, साथीहरूसँग खेल्ने रमाइलो गर्ने गरिरहेका कारण गाउँघर झन धेरै असुरक्षित बनेको छ भन्ने चर्चा हुन थालेको छ । यस्ता व्यवहारले वालवालिका चिन्तित हुँदारहेछन् । शहरमा कतिपयका घरमै इन्टरनेटको सुविधा भएको कारण देशविदेशमा भएका आफन्त, साथीभाइ, पेशागत मित्रहरूसँग भिडियो कुराकानी भैरहेको छ । फरकफरक टेलिभिजन च्यानलबाट विभिन्न कार्यक्रम हेर्न पाईको छ । आमसञ्चार र सामाजिक सञ्जालमार्फत विभिन्न जानकारीमुलक, रमाइलारमाइला र केही ज्ञानवद्र्धक जानकारी लिन सकिएको छ । विशेषगरी विद्यालयस्तरका वालवालिकाहरूमा यसप्रकारको विषम परिस्थितिका बेला अत्यन्त सृजनशील, मार्मिक र महŒवपूर्ण अभिव्यक्ति समयसमयमा निस्कने गरेको पाइन्छ । धेरै विद्वानहरूलेसमेत वालवालिकालाई यस्ता विषम अवस्थामा विशेष सावधानीपूर्वक खेल्ने, ज्ञानवद्र्धक र रमाइलो लाग्ने विषयवस्तु पढ्न लगाउने, घरको कामकाजमा संलग्न गर्ने, विषम अवस्थाको बारेमा धेरै चर्चा नगर्ने तर मोटामोटी जानकारी गराउने, खानपिन र वैयक्तिक स्वास्थ्यमा ध्यान दिने जस्ता सल्लाह दिइरहेका छन् । यसप्रकारका गतिविधिबाट वालवालिकामा विषम अवस्थाको असर क मगर्न सहयोग पुग्दछ ।


वालवालिकाहरू हामीले सोंचेकोभन्दा अधिक समझदार हुन्छन् । विश्वव्यापि कोरोनाभाइरसको महामारी फैलिएको यस दुःखद अवस्थामा कतिपय वालवालिकाले खानपिनमा सुधार गरेको पाइएको छ । पहिलापहिला तरकारी, खाजानास्ता रोज्ने, यो खान्छु त्यो खान्न भन्नेहरू अहिले जे भेटायो त्यही खाने भएका छन् । वास्तवमा अहिले सडकमा केटाकेटी देखिएका छैनन् । उनीहरू घरमै, कोठामै बसिरहेका छन् । केही वालवालिका नाचगानमा रमाएका छन् । केही वालवालिका घरको सानोतिनो काममा सहयोग गरिरहेका छन् । केही चित्रकला, डायरी लेखन जस्ता सृजनात्मक काममा पनि लागेका छन् । वास्तवमा वालवालिकाले यसप्रककारका विषम परिस्थितिमा परीवारका सबै सदस्यहरू एकैठाउँमा बस्न चाहँदारहेछन् । सँगै बस्दा आफूलाई सुरक्षित ठान्ने गरेको होला । यसको साथै परीवारका सदस्य बाँडिएको वालवालिकालाई मनपर्ने रहेनछ । अहिले देखिएको छ कि वावुआमाले कुराकानी गरिरहेका बेला हजुरवुवा, हजुरआमा, काकाकाकी, दाइभाइ, दीदिबहिनी, मामामाइजु, फुपु, सानिमाठुलाीआमाहरूसँग बोल्न चाहिरहेको हुन्छन् । अहिले विशेषगरी शहरमा डेरा गरी बस्नेहरूका गाउँघरमा वृद्धवृद्धाहरू मात्र हुनुहुन्छ । धेरै परीवारका सदस्य जम्मा भएका छन् । भनिन्छ सावाँभन्दा व्याज प्यारो । हजुरवुवाहजुरआमालाई जसरी नातिनातिनीको माया लाग्छ, नातिनातिनीलाई पनि हजुरवुवाहजुरआमाको माया लाग्छ । तसर्थ काकाकाकी, मामामाइजु, फुपु, सानिमाहरूसँग भिडियो कुराकानी गरिरहेकी एउटा शहरमा बस्ने वालिकाको मनमा विचार आयो । आमा (आजकलका बच्चाहरू हजुरवुवालाई वुवा र हजुरआमालाई आमा भन्छन्) सँग भिडियोमा बोल्न मन लाग्यो । त्यसैले बाबालाई आमाका लागि भिडियोमा बोल्ने मोबाइल किनिदिन आग्रह गरिन् ।


यी वालिकाले भनेकी छन्, “मलाई आमावुवा मनपर्छ । आमा मेरो बेस्ट मनपर्ने व्यक्ति हो । तर मलाई त्यो गाउँ मन पर्र्दैन । अहिले हिंडेर जान सक्दिन । त्यहाँ वाइफाइ छैन ।”
वालवालिकाहरू चाहन्छन् सबै ठाउँ सुविधासम्पन्न हुनुप¥यो । मोबाइल चाहियो । त्यो पनि इन्टरनेटसहित । कम्प्युटर र इन्टरनेट चाहियो । उनीहरू हामीले सोंचेजस्तै हतास हुनुभन्दा सुचित भएर विषम परिस्थितिको सामना गर्न चाहन्छन् । किन हाम्रो गाउँमा बिजुली छैन ? किन हाम्रो गाउँमा मोटरबाटो छैन ? किन हाम्रो गाउँमा टेलिफोन छैन ? किन हाम्रो गाउँमा इन्टरनेट छैन ? किन हाम्रो नेपालमा पिपिइ छैन ? किन चीनबाट ल्याउनुपर्ने ?

आजकल वालवालिकाले यस्ता धेरै प्रश्न सोध्ने फुर्सद पाएका छन् । तर उनीहरूले चित्तबुझ्दो जवाफ पाइरहेका छैनन् । वावुआमाको बुझाइ र मनस्थितिअनुसार चुप लाग्न बाध्य छन् । समयसमयमा यसरी बस्नभन्दा कहिले स्कूल जान पाइएला भनिरहेका छन् । “आज रिजल्ट हुन्थ्यो । आज नयाँ कक्षामा नयाँ ड्रेस लगाएर जान पाइन्थ्यो ।” यस्तै सुनाइरहेका छन् । आफूलाई मिसले लाइनमा राखेर हात धुन सिकाएको सम्झिरहेका छन् । अहिले धेरै वालवालिकाले आफ्ना दाइ र वुवालाई हात धुन सम्झाइरहेका छन् । वास्तवमै वालवालिकाको सोंचाइ सकारात्मक हुन्छ । त्यसमा खराव तत्व भर्दै जाने त ठूलामान्छेले नै हो ।
Comments
Loading...