आमा सुरक्षा कार्यक्रम व्यवस्थित बनाउन मानवअधिकारकर्मीहरुको ध्यानाकर्षण

0 152

पाल्पा । पाल्पाका क्रियाशील मानवअधिकार सम्बद्ध संस्थाहरुले निःशुल्क प्रसूति सेवा तथा आमाहरुलाई प्रोत्सान स्वरुप यातायात खर्च उपलब्ध गराउने आमा सुरक्षा कार्यक्रमलाई प्रभावकारी माग सहित माघ २८ गते जिल्ला स्वास्थ्य कार्यालयमा ध्यानाकर्षणपत्र बुझाएका छन् ।

महिलाहरुले नियमित रुपमा चार पटक स्वास्थ्य परीक्षण गराएपनि काडमा जाच गराउँन गएको मिति नमिल्दा यातायात वापतको चार सय नपाएको गुनासो बढेको हो । स्वास्थ्य अधिकार तथा सूर्ति नियन्त्रण जिल्ला सञ्जाल, स्वास्थ्य सिप मुलक शैक्षिक विकास केन्द्र पाल्पा,अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक, मानवअधिकार निगरानी समूह, शान्तिका लागि साझा अभियान पाल्पाले जिल्ला स्वास्थ्य कार्यालय पाल्पासँग सुत्केरी महिलाले पाउनुपर्ने सवै स्वास्थ्य अधिकार पूर्ण रुपमा पाउनुपर्ने र सचेतना कार्यक्रम चलाउनुपर्ने माग सहित ध्यानाकर्षणपत्र बुझाएका हुन् ।

नेपाल सरकारले २०६५ सालदेखि सरकारी स्वास्थ्य संस्थामा प्रसुति गराउनका लागि प्रोत्साहन स्वरुप हिमाली जिल्लामा १ हजार ५ सय, पहाडी जिल्लामा १ हजार र तराईका जिल्लामा ५ सय सुत्केरी भत्ता प्रदान गर्दै आएको छ । गर्भवती महिलाले नियमित रुपमा चार पटकसम्म स्वास्थ्य संस्थामा स्वास्थ्य परीक्षण गराए वापत चार सय सहज रुपले सुत्केरी महिलाले पाउनुपर्ने ध्यानाकर्षणपत्रमा उल्लेख छ ।

मातृशिशुको मृत्युदर घटाउनका लागि आमा सुरक्षा कार्यक्रमलाई सफल बनाउनुपर्ने र त्यसका लागि जिल्ला स्वास्थ्य कार्यालयको अनुगमन प्रभावकारी हुनुपर्ने समेत उक्त ध्यानाकर्षणपत्रमा उल्लेख छ । ध्यानाकर्षणपत्र बुझ्दै जिल्ला स्वास्थ्य प्रमुख डा. उमाशंकर प्रसाद चौधरीले जिल्ला स्वास्थ्य कार्यालयबाट विगतमा दिन सञ्चालन भएका कार्याक्रमहरु स्थानीय तहमा हस्तान्तरण भईसकेकोले जनस्तरबाट आएका गुनासाहरुलाई प्राथमिताका आधारमा कार्यान्वयन गर्ने बताए ।

Comments
Loading...