आयोजकले चुम्यो खुल्ला भलिवलको उपाधि

0 65

पाल्पा । पाल्पाको तानसेन नगरपालिका, ९ मदनपोखरास्थित दमकडा भलिवल क्लबद्वारा आयोजित खुल्ला भलिबलको उपाधि आयोजकले नै जितेको छ । बुधबार भएको फाईनल खेलमा ब्रेभ गोर्खा रुपन्देही बुटवललाई सोझो सेटमा हराउँदे उपाधि कव्जामा लिएको हो । दमकडाले ब्रेभलाई २५–१९, २७–२५ र २५–१६ सेटमा हराएको हो । आयोजक दमकडा भलिवल क्लबले पहिलो भएसँगै नगद ७० हजार सहित ट्रफि, प्रमाणपत्र, मेडल पाउन सफल भएको छ । प्रतियोगितामा दोस्रो भएको ब्रेभ बुटवल रुपन्देहीले ४० हजार नगदमै चित्त बुझाएको छ ।

लेकाली होटल तानसेनको टिमलाई सान्त्वनामा चित्त बुझाउन बाध्य बनाउ“दै मणिमुकुन्द भलिवल क्लब रुपन्देही बुटवल तेश्रो भयो । उसले सोझो सेटमै लेकालीलाई पछि पारेको हो । तेस्रो भएको मणिमुकुन्दले २० हजार र सान्तवना भएको लेकालीले १० हजार नगदसहित ट्रफि, प्रमाणपत्र पाए । १४ टिमले सहभागीता जनाएका थिए । प्रतियोगितामा पाल्पाबाहेक रुपन्देही र नवलपरासीबाटसमेत भाग लिएका थिए ।

खेल अवधिमा उत्कृष्ट सटर दमकडा भलिवल क्लबका सुजन चोखाल, उत्कृष्ट रक्षक दिपक थापा, उत्कृष्ट स्पाइकर अमृत केसी, उत्कृष्ट खेलाडी याम क्ष्ँेत्री, उत्कृष्ट सर्भिसकर्ता घनश्याम चौधरी साथै ब्रेभ गोर्खा बुटवलका पर्वत आर्मौजा उत्कृष्ट ब्लकरलाई समेत मायाको चिनो र पुरस्कार प्रदान गरियो । विजयी तथा उपविजयी समूह तथा खेलाडीलाई सांसद सोमप्रसाद पाण्डेय, प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकाल, क्लबका अध्यक्ष गणेश रेग्मी, जिल्ला खेलकुद विकास समिति अध्यक्ष करुणा काफ्ले, खेल संयोजक केशव बस्याल लगायतले नगद, ट्रफि, प्रमाणपत्र बितरण गरे ।

सांसद पाण्डेयले खेलको माध्यमबाट युवालाई अनुशासनमा राख्न सकिने र राष्ट्रको गौरव बढाउनमा सहयोग पुग्ने बताए । प्रजिअ ढकालले युवापुस्तामा खेलकुदको माध्यमबाट शारीरिक र मानसिक साथै नेतृत्व क्षमतामा विकास गर्न सहयोग पुग्ने बताए । क्लबले राखेको भलिबल प्रतियोगिताले दमकडा र यस क्ष्ँेत्रका युवामा अनुशासनको भावना विकास भएको वडाअध्यक्ष हरिसुमर रेग्मीले बताए । कार्यक्रममा राष्ट्रिय भलिवल खेलाडी केशव पाण्डेयलाई सम्मानसमेत गरिएको छ । कार्यक्रममा लोकगायक नविन पौडेलले दर्शकलाई मज्जाले नचाए । सयौंको संख्यामा उपस्थित दर्शकले खेलको मज्जाका साथै लोकगायनमार्फत् नाच्न पाएको बताएका थिए । जिल्लामै ठूलो राशीको भलिवल भएको र आगामी दिनमा पनि यसैगरी प्रतियोगिता आयोजना गर्ने दमकडा भलिवल क्लबले जनाएको छ ।

Comments
Loading...