उच्च ज्वरो खोकीका बिरामी एम्बुलेन्सबाटै फर्काइए

0 86

पाल्पा । ज्वरो र खोकीको लक्षण देखिएका बगनासकाली गाउँपालिका–२, पोखराथोकका २० वर्षिय दामोदर कुमाललाई पाल्पाका युनाइटेड मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेजले उचित उपचार नै नगरी घर फर्काएका छन् ।


चैत १५ गते उपचारका लागि युनाइटेड मिसन अस्पतालमा पुगेका कुमाललाई मिशन अस्पतालले उपचारका लागि बेड छैन भन्दै त्यसै फर्काएको थियो । अस्पतालबाटै एम्बुलेन्समा लुम्बिनी मेडिकल कलेज पुगेका उनलाई कलेजमा समेत एम्बुलेन्सबाटै ज्वरो नापेर फकाइएको उनले बताए ।
चैत ९ गते भारतको मुम्बईबाट घर फर्केका कुमाललाई ज्वरो आउने, खोकी लाग्ने, थकान महसुस हुने लक्षण देखिएको छ । गाउँमा कोरोना भाइरसको संक्रमणको लक्षण मिलेको भएपनि अस्पतालले उचित उपचार नगरेको र राम्रो परामर्श समेत नदिई घरमै लगेर राख्नु भनेर फर्काएको उनको परिवार स्रोतले जनाएका छन् ।


अस्पताल परिसरमा बिरामीले पिसाव लाग्यो भन्दा समेत मेडिकल कलेजका कर्मचारीले झर्न नदिएर बाटौमा गराउन भनेको एम्बुलेन्स चालक नारायण जिसीले बताए । टाढै बाट ज्वोरो नापे, एउटा दबाई पनि दिएका हुन्, चालक जिसीले भने कोरोनाको संक्रमण आशंका देखिएका उनलाइ आइसोलेसनमा राखेर उपचार गर्नुपर्नेमा उल्टै फकाईदिएको उनले बताए ।


मिसन अस्पतालमा बिमा भएकाले पहिले त्यही पठायौँ स्थानीय समाजसेवी मथुरा ढकालले भने । मिसनमा बेड छैन भनेपछि लुम्विनी मेडिकल कलेजमा बिरामी पठाएका थियौँ । बिरामी जुनसुकै भएपनि उपचारको व्यवस्थपन गर्नुपर्नेमा अस्पतालले गैरजिम्मेवार काम गरेको उनले बताए ।
उता जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका निमिक्त प्रमुख विश्वनाथ न्यौपानले बिरामीलाई अस्पतालले फर्काउन नमिल्ने बताए । अस्पतालमा आएपछि जुनसुकै रोगका भएपनि बिरामी फर्काउनु गलत भएको उनले बताए । जिल्ला प्रशासन कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले भने जिल्लामा रहेको टोलीले त्यसबारेमा बुझ्ने बताए ।


लुम्विनी मेडिकल कलेज प्रभासका निर्देशक डा. राजु शाक्यले भने अस्तापलमा आएको बिरामीको स्वास्थ्य जाँच पछि मात्र फिर्ता गरिएको बताएका छन् । उनले अस्पतालको तर्फबाट खटेका चिकित्सक सहितको टोलीले थर्मल गनको माध्यम्बाट कुमालको ज्वरो नापेर ज्वरो नदेखिएको र खोकी पनि नलागेको भनेपछि बिरामीलाई फर्काइएको बताए । बिरामीको अवस्था सामान्य भएपछि फर्काएका हौँ उनले भने कोरोनाको लक्षणसँग मिल्ने लक्षण देखिएको भए यहाँ अस्पतालको आइसोलेसनमा राख्न कुनै समस्या थिएन ।


उनले अस्पतालले सरकारले भने अनुसार १० बेड क्षमताको आइसोलेसन वार्ड तयार गरेको र आवश्यक चिकित्सकको टोली समेत खटाएको बताए । ज्वरो, खोकी लागेका बिरामी भए उहाँलाई अस्पतालमा भर्ना गर्न कुनै समस्या छैन उनले भने लक्षण नदेखिएपछि बिरामीलाई राख्न पर्दैन भन्ने त्यसमा खटिएका टोलीको निष्कर्ष रह्यो होला भन्ने हो । इरानीमहलको

Comments
Loading...