उत्कृष्ट ५ उद्यमीलाई ब्यवसाय पाटी प्रशिक्षण सञ्चालन गरियो

0 44

पाल्पा । दायित्व संस्थाले तानसेनका उत्कृष्ट ५ उद्यमीहरुलाई ब्यवसायपाटी प्रशिक्षण सञ्चालन गरेको छ ।

दायित्वले सञ्चालन गरेको तानसेन नगरपालिका स्तरीय ग्रामीण उद्यम द्रुतीकरण कार्यक्रम २०१९ अन्र्तगत उत्कृष्ट ५ मा पर्न सफल उद्यमीहरुलाई उक्त प्रशिक्षण सञ्चालन गरिएको हो ।
प्रशिक्षणका माध्यमबाट उद्यमीहरुलाई आफैले योजना बुझन र बनाउन सक्षम गराउने गरि उद्यमीहरुलाई तयार गरिएको उक्त कार्यक्रमकी कार्यक्रम अफिसर स्नेहा शाक्यले बताए । तालिममा ग्रामीण उद्यम दु्रुतीकरण कार्यक्रमका संयोजक सायुज्य शर्मा र दायित्वका सुर्य रिजाल, स्नेहा शाक्य, सृजा कार्कीले सहजीकरण गरेका थिए ।


तानसेनका ५ उद्यमी मध्ये तानसेन बसन्तपुरकी होम स्टे ब्यवसायी मधुमाया बस्याल, बौघापोखराथोकका बाख्रापालक किसान मिन बहादुर आले, मदनपोखराका मौरीपालक किसान खेमराज न्यौपाने, अर्गलीका तरकारी खेती गर्दै आएका किसान निर्मल राना, अर्गलीकी गाईपालक पवित्रा गैरे रहेका छन् ।


उत्कृष्ट ५ मा पर्ने उद्यमीहरुलाई सम्मान पत्र सहित मायाको चिनो र ५०, ५० हजार बिज कोष बापतको रकमबाट सम्मान गरिएको थियो । यस प्रतियोगितामा उत्कृष्ट हुने एक जना उद्यमीले विभिन्न अवसरसंगै रु १ लाख रुपियाँबाट सम्मान गरिनेछ । यस दायित्वले ग्रामीण उद्यमशिलता दु्रतिकरण कार्यक्रम तिलोत्तमा नगरपालिकामा पनि सञ्चालन गरिरहेको छ । त्यस्तै गुल्मीको मुसिकोट नगरपालिकामा तयारी चलिरहेको छ ।

Comments
Loading...