उत्पादनको सुरुवातीमै पाल्पाबाट १५ लाखको अलैची बिक्यो

0 403

पाल्पा । पाल्पाका किसानले व्यावसायिक अलैची खेती सुरु गरेका छन् । जिल्लाको निस्दी स्थित झिरुबासको लवेद, खाँदर, सहलकोट र रैनादेवी छहराको बल्ढेङ्गढीका किसानले आठ हेक्टर क्षेत्रफलमा अलैची खेती गरेका हुन् ।

कबुलियती वन कार्यक्रममार्फत अलैचीका बिरुवा र प्राविधिक सहयोग पाएपछि यहाँका किसानले अलैचीको व्यावसायिक खेती थालेका हुन् । यसअघि आफ्नो बारीमा मकै सहित अन्य खेती गर्दै आएका किसानले अहिले अलैची खती गर्न थालेको उनीहरूले बताएका छन् । निस्दी–३, झिरुबास खाँदरका किसान तुलबहादुर बयम्बुले आफूले एक हेक्टरमा क्षेत्रफलमा विगत केहि वर्षदेखि अलैची खेती गरेको बताए ।

उनले यो वर्ष चार लाखको अलैची बिक्री गरिसकेको र बाँकी क्वीण्टल अलैची बिक्री गर्न बाँकी रहेको बताए । बयम्बुले खेतीबाट भन्दा अलैची खेतीबाट चौगुणा फाइदा भएको सुनाए । यसअघि अलैची खेतीका बारेमा जानकारीसमेत नभएका किसानले तालिम र प्राविधिक सहयोग पाएपछि किसान अलैची खेतीप्रति आकर्षित भएको बताउँछन् । निस्दीमा यस वर्ष एकै गाउँबाट करिव २२ सय क्युन्टल अलैची ५सय रुपैया केजिका दरले विक्री गरीएको निस्दी गाउँपालिका कृषी शाखाका प्रमुख खिमराज कोईरालाले बताए । यहाँको अलैची यस बर्ष आरुङ्खोलाका व्यापारीले उठाएको उनले बताए । यस बर्ष थोरै लगाईएकोमा आगामी बर्ष बढि लगाउने तयारि भएको समेत जानकारी दिए ।

पाल्पाका विभिन्न स्थानमा अलैची खेतीको राम्रो सम्भावना भएपनि किसानलाई यससम्बन्धी पर्याप्त जानकारी नहुँदा अलैचीको व्यवसायिक खेती हुन सकेको थिएन । यसको खेती कसरी गर्ने भन्ने पहिले जानकारी थिएन अहिले किसान बिस्तारै अलैचीखेती प्रति आकर्षित हुँदै गएका छन् । किसानलाई प्राविधिक सहयोग गर्ने हो भने जिल्लाका दर्जनौँ स्थानमा अलैचीको व्यवसायिक खेती फस्टाउने सव डिभिजन बन कार्यलय निस्दीका प्रमुख नन्द प्रसाद अधिकारीले बताए । अलैची खेती पाल्पामा सुरु भएको केही वर्षमात्र भएकाले क्रमशः उत्पादन बढ्ने डिभिजन वन कार्यालय पाल्पाका सहायक वन अधिकृत यमलाल पोखरेलले बताए ।

पाल्पाको निस्दी गाउँपालीका शिक्षा, स्वास्थ्य र रोजगार पयर्टन सहितको पुर्वाधार प्रकृति र मगर संस्कृति निस्दीको आधार भन्ने मुल नारासहित बिकट निस्दीको मुहार फेर्न अहिले निस्दी बासी लागिपरेका छन् । निस्दी बासीको समृद्ध बन्ने चाहाना, गाउँपालिकाको सकृयता र नयाँ योजनाले केहि गर्न चाहाने कृषकलाई टेवा पुगेको गाउँपालिका प्रमुख मुक्त बहादुर सारूले बताए । निस्दी गाउँपालिका कृषि शाखाले गत असारमा किसानहरुलाई अनुदानमा अलैँचीका विरुवा वितरण गरेको थियो । अलैँचीको पकेट क्षेत्र रहेको वडा नं ३ खाँदरका कृषकलाई बिरुवा वितरण गरिएको हो । लमजुङको भोटेओढारबाट खरिद गरेर ल्याइएको चौध हजार बिरुवा वितरण गरिएको कृषि शाखा प्रमुख कोइरालाले जानकारी दिए । बिरुवासँगै किसानलाई ७ वटा प्लाष्टिक स्प्रेयर, १० किलो फङ्गिसाईड, ७५ वटा अलैंची फल काट्ने स्प्रेयर वडा नम्बर ३ का वडा अध्यक्ष लक्ष्मीप्रसाद पाटाले हस्तान्तरण गरे । खाँदर क्षेत्रमा लगाइएको अलैंची खेती फस्टाउँदै गएको वडा कृषि प्राबिधिक त्रिमला पाटाले बताइन् ।

गाउँमा विभिन्न काम बाट आर्थीक उपार्जन हुन थालेपछी स्थानीय खुशी भएका छन् । निस्दी गाउँपालिकाको झिरुबासमा अलैंचीको खेती फस्टाउदै गए सगैँ यहाँका जनतामा आर्थीक रूपमा सक्षम बन्दै अगाडि बढ्ने क्रममा अलैंची बिस्तारमा लागेका कोईरालाले बताए ।
बन्दना पोखरेलको सहयोगमा तस्बिरः गुगल

Comments
Loading...