उदयको स्वास्थ्यमा सुधार

0 33

काठमाडौं । यही भदौं १८ गते तानसेनमा सम्पन्न हुने रणउद्देश्वरी भगवती जात्राको अन्तिम तयारी हुदैछ । हरेक वर्ष मनाउने जात्रा यस पटक दुई सय वर्ष पुग्दैछ । दुई सय वर्षको अवसरमा उक्त जात्रा भव्य रुपमा निकाल्ने तयारी भइरहेको बेला जात्रा व्यवस्थापन समितिका अध्यक्ष राजेश्वर उदय अचानक बिरामी भएका छन् । जात्रा व्यवस्थापनमा अहोरात्र खटिएका उदयलाई हिजो बिहिबार विहान नौ बजे हृदयघात भएको थियो । तत्कालै स्थानीय मिशन अस्पतालमा उपचारका लागि भर्ना गरिएकोमा डाक्टरको सल्लाहमा उनलाई हिजै हेलिकोप्टरबाट काठमाडौं ल्याई नख्खुस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको छ ।

मनोहर उदयका अनुसार राजेश्वर उदयको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ । हाल आईसियुमा राखेर उपचार गराइरहेका उदयको उपचारमा डा.रंजित शर्माको टिम संलग्न रहेको छ । मनोहर उदयका अनुसार बिरामीलाई कसैसँग भेट्न दिइएको छैन । उनी खतरामुक्त छन् ।http://www.drishtinews.com/

Comments
Loading...