उद्योग उपाध्यक्षमा कार्की बिजयी

0 170

पाल्पा । पाल्पा उद्योग वाणिज्य संघको उद्योग उपाध्यक्षमा कमलकृष्ण कार्की विजयी भएका छन् । शनिबार भएको निर्वाचनमा कार्कीले ९९ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी सुजन श्रेष्ठले २० मत ल्याएका छन् । बिजयी कार्कीलाई नेपाली कांग्रेसको र श्रेष्ठलाई नेकपाको समर्थन थियो । कुल १ सय २२ मत खसेकोमा ३ मत बदर भएको थियो ।

उद्योग उपाध्यक्ष राजुप्रसाद श्रेष्ठको उच्च रक्तचापका कारण निधन भएपछि उक्त पद रिक्त रहेका कारण निर्वाचन भएको हो ।

Comments
Loading...