एकल महिलालाई अघि सार्दै रिब्दीकोट, परालको चप्पल बनाउने तालिम सकियो

0 80

हरि जीसी । पाल्पा
गाउँपालिका स्तरीय एकल आश्रित महिलाका लागि परालको जुत्ता बनाउने तालिम शनिबार सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै रिब्दीकोट गाउपलिकाका अध्यक्ष नारायण बहादुर जीसीले एकल महिलाहरुबाट आएका सोच र चाहानाहरुलाई एक बद रुपमा लैजाने र उनिहरुलाई बत्ति कात्ने, झिनिया बनाउने, ढाका बुन्ने सिलाउने, तलिमले दिएर एकल महिलाहरुले राम्रो आयआर्जन गर्न सक्ने बताए ।

रिब्दीकोट गाउपालिका उपाध्यक्ष लक्ष्मी खनालले कार्यक्रमको एकल महिलाहरुले कार्यलाई निरन्तरता दिन सकेमा उनिहरुले सोचेभन्दा बदी आम्दानी हुन सक्ने बताइन् । प्रशिक्षक गोमा अर्यलले एकल महिलाहरुले छोटो समयमा पनि धेरै सिप सिक्न सफल भएको बताइन् । बैदिक पुजा सामाग्रीका प्रोप्राईटर जिबन पाण्डेले एकल महिलाहरुले बत्ती कात्ने,परालको चप्पल, धुप, लगायत धेरै भन्दा धेरै पुजा सामाग्रीहरु बनाउनका लागि आफुले सक्दो सहयोग गर्ने र एकल महिलाहरुले निर्माण गरेका सामानहरु आफै किनिदिने बताए ।

एकल महिलाहरुलाई ५ दिन सम्म गोमा अर्याल र दिपिका थापाले प्रशिक्षक दिएका थिए । रिब्दीकोट गाउपलिकाले कपासको बत्ती कात्ने ढाकाको झोला बुन्ने लगायतका सिपहरु पनि सन्चालनमा ल्यएको छ ।
रिब्दीकोट गाउँपालिकाले २५ जनालाई ५ दिन सम्म परालको जुत्ता बनाउने तलिम दिएको थियो । मिरा कुमारी रानाको अध्यक्षतामा भएको कार्यक्रको सन्चालन पबित्रा परियारले गरेकी थिइन् ।

Comments
Loading...