एनबिआरद्धारा रंगशाला निर्माणको लागि सहयोग तथा श्रमदान

0 31

पाल्पा । सामाजिक सञ्जाल समूह नेप्लिज बदर्श रुमले निर्माणाधिन गौतम बुद्ध अन्तराष्ट्रिय रंगशाला निर्माणको लागी सहयोग गरेको छ ।

शनिबार यस ग्रुपका देश तथा विदेशमा रहेका दाजुभाईहरु बाट संकलित रु एक लाख सतसठ्ठी हजार तीन सय उनान्सय रुपैया हस्तान्तरण संगै एक दिने श्रम दान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा रंगशाला निर्माणको अभियान्ता तथा हास्य कलाकार कुञ्जना घिमिरे (सुन्तली) लाई रकम हस्तान्तरण गरिएको थियो ।

विगत केही बर्ष देखी समाजमा विभिन्न सामाजीक सेवाको कार्यमा समर्पित यस फेसबुकमा आधारित रहि विभिन्न क्षेत्रमा काम गर्दै आईरहेको छ । व्यतिmमा रहेको मानवियताको गुण लाई प्रस्फुटन गर्ने गरी विश्वभरी छरिएर रहेका नेपाली युवा, दाजुभाइहरूलाई एकत्रीत बनाई स्थानीयदेखि राष्ट्रिय हुँदै अन्तराष्ट्रिस्तरसम्म नै आपसी भाइचाराको सम्बन्ध कायम गर्दै गराउँदै समग्र नेपाली समाजको सामाजिक, सांस्कृतिक, आर्थिक लगायत समग्र विकास, संरक्षण र संवद्र्धनको लागि लागिपर्ने सहयोगी हातहरूलाई एकत्रित बनाई नेपाल र नेपालीको स्वर्णीम भविष्यको परिकल्पना गर्दै गैर नाफामुखी, गैर राजनीति एवं गैर धार्मिक सामाजिक संस्थाको रुपमा नेपलीज ब्रदर्श रूम ।

नेपाल लगायत विश्वको विभिन्न देशमा रहनुभएका दाजुभाईहरुबाट संकलित रकम संगै एक दिने कार्यक्रममा एन बि आर पाल्पा, बुटवल, चितवन तथा अन्य जिल्लाका सदयस्हरुको सहभागिता रहेको थियो । कार्यक्रममा एन बि आर का तर्फ बाट शिब थापाले समाजको आवश्यकता अनुसारको सकरात्मक संदेश दिने ,सामाजिक विकास संगै विपद व्यवस्थापनमा स्थापना कालदेखी नै विभिन्न कार्यक्रम गरेको र गर्दै जाने जानकारी दिए । बाढी, पहिरो, हावाहुरी आदि जस्ता प्रकृतिक प्रकोप पछिको राहात तथा उद्धारको लागि यस समुहले विभिन्न गतिविधि संचान गर्दै आईरहेको छ । धुर्मुश सुन्तली फाउन्डेसन को तर्फ बाट कुञ्जना घिमिरेले जनस्तर बाट को संयोजनमा चितवनमा बन्न लागेको रंगशाला निर्माणको लागि सहयोग जुटाउदै निर्माण कार्यलाई अगाडि बढाउने र यस्तै सहयोगी हातहरुको आवश्यता संगै धन्यवाद ज्ञापन गरिन् ।

Comments
Loading...