एमाले पाल्पाका पदाधिकारीहरुको पदभार ग्रहण सम्पन्न

0 901

पाल्पा । नेकपा एमाले पाल्पाको नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुको पदभार ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।
आइतवार तानसेन स्थित पार्टी कार्यालयमा अध्यक्ष सहित पदाधिकारीहरुले पदभार ग्रहण गरेका छन् । एमालेको गत २३ गते तानसेन नगरपालिकाको तिन्टीआँप सम्पन्न जिल्ला अधिवेशनबाट धनेन्द्रराज घिमिरेको अध्यक्षतामा नयाँ कमिटि निर्विरोध चयन भएको थियो ।

पदभार ग्रहण गर्दै नव निर्वाचित अध्यक्ष घिमिरेले पार्टीलाई थप उचाईमा पुर्याउनका लागि आफु नेतृत्वको कमिटि हरदम लागिरहने बताउनुभयो । उहाँले एमाले जिल्लाको प्रमुख पार्टीको रुपमा रहँदै आएको उल्लेख गर्दै अझ प्रभावकारी रुपमा अगाडि बढाउने बताउनुभयो ।
कार्यक्रममा एमाले पोलिट्ब्युरो सदस्य ठाकुर गैरेले अहिलेको जिल्ला अधिवेशनले सर्वसम्मत रुपमा नयाँ कमिटिको चयन गरि महत्वपुर्ण सन्देश दिएको बताउनुभयो । नेता गैरेले आगामी निर्वाचनमा एमाले देशकै पहिलो शक्ति बन्ने समेत दावी गर्नुभयो ।

कार्यक्रममा एमाले पाल्पाका निवर्तमान उपाध्यक्ष मोहन थापा, जिल्ला कमिटिका निवर्तमान अध्यक्ष नारायणप्रसाद आचार्य, पुर्व अध्यक्ष देवीप्रसाद बस्याल लगायतले नयाँ कमिटिलाई बधाई तथा शुभकामना दिनुभएको थियो । अधिवेशनबाट अध्यक्षमा धनेन्द्रराज घिमिरे, उपाध्यक्षमा देवीलाल लामिछाने, सचिवमा भोजराज पोखरेल रामजी, उपसचिवमा टिका थापा र सुनिता शर्मा निर्विरोध निर्वाचित हुनुभएको थियो ।

Comments
Loading...