कतारबाट पाल्पाली युवा इश्वर काफ्लेले लेखे परदेशीको घर सम्झाउने, मन रुवाउने चिठ्ठी

0 99

म जन्मेको गाउँ म हुर्केको गाउँ मेरो प्यारो नेपालबाट केही आशा र अभिलासा सहित कतार जान्छु काँधमा रहेको साहुँको ऋण तिर्छु भन्दै झोला बोकेर डेढ दशक अघि कतार हान्निएको म तर के गर्नु ती ऋण आज पनि उस्तै रहे । मान्छेका रहर अनगिन्ती हुदा रहेछन् र मेरा पनि उस्तै ।


एकले पुर्णता पायो कि अर्को सपना थपिदै जाने, यिनै सपनाले गर्दा आज नचाहदा नचाहँदै उमेर ढल्किएका बुवा आमा श्रीमती छोराछोरी र प्यारो जन्मथलोलाई आँखाको नानीमा सजाउँदै आशुको ढिकाले छर्केर बस्न बाध्य छु । परिवार देखि पर बसेर पसिना संग पैसा साटेर उज्यालो भविष्यको लागि खटिदै गर्दा चालिस कटेसी रमाउला जस्तै हुन पुगेको छु ।


परदेशको जागिर घरदेशको सम्झना अनि परिवारको मायालाई आत्मसात गर्दै यात्रित् म यात्रु बर्तमान अवस्थामा घरगाउँ देखि माईलौ दुर बेरोजगार भएर बस्दा र अनायसै समय बिताईरहदा अत्यन्तै निराश लाग्ने रहेछ । एकान्तमा घरदेश लाई सम्झिदै कयौ पल्ट आँखाको डिलसम्म आएका निर्दोश आशुलाई हत्केलाले पुछ्दै म भक्कानिदै बसेको छु ।


दैनिकी क्याल्कुलेसनमा हिड्ने म अनाहकमा खर्चित समयले भोलिले पक्कै पिरोल्छ कि भन्ने संकाहरुले मनमा डेरा नजमाएका पनि हैनन । परिवारको सुख सहेल समाज र मेरो प्राणप्यारो त्यो हुँगी आज यो महामारीमा सबै कुराहरुबाट पर रहनु पर्दा एक्दम ऐठन भैरहेको छ । आधुनिकता ईन्टरनेट दुनियाँको भरपुर उपयोग भइरहँदा नि अर्गानिकताले मलाई सधैं झकझकाई रह्यो । यो समय गाउँको लागि दिन सकिएको भए सायद जन्मथलोले जन्माएको केही ऋण चुक्ता हुने थियो ।
भन्छन् दुखको बेला आफ्ना नजिक भए भने दुखाई कम हुन्छ ,आज त्यो हुन नसकेको अबस्थामा सोच्नु र मनोबल घटाउनु बिकल्प रहेन । गाउँको उकालो ओरालो अर्गानिक हावापानी स्वच्छ बाताबरण अनि बिहान बेलुका ममतामयी माता अनि उनै प्रियसिको हातबाट बनेका खाना आज कल्पनामा सिमित छन् । आधुनिकताको आडमा बाहिरी हासोमा रमाएर मनलाई सन्तुष्ट बनाउन कदापि सकिदो रहेनछ । यसैले सबै भुलेर यतिबेलाको चाहना मात्र घरदेश फिर्ने छ । परिवार अनि तै अर्गानिकतामा रमाउदै कोरोना संग सामाना गर्नु छ ।


हुनत मैले जन्मथलो गाउँलाई कहिल्यै मध्यम स्तरमा राखिन र यो दुःखद घडीमा मात्र सम्झेँ, यो हैन मेरा लागि सबै मेरो गाउँ जन्मथलो हो । केही धन आर्जन गर्न परदेशिएको एक साधारण युवा कतारलाई सधैं मनमुटुमा राखेर साधुवाद अर्पण गर्दै ,यतिबेलाको अबस्थामा घरदेश फर्कन पाए भाग्यमानी सम्झनेछु । आशा छ यो माहोल चाडै नेपाल सरकारले बनाउने छ । कोरोनाबाट वाचिएछ भने फेरि कतारमा कर्म गर्न आउँला ।

मेरो आधी उमेर यै कर्म थलो कतारमा बिताए केही कर्म यै भुमिमा गरे र थोरै भएपनि परिवारको खुसीको पात्र आफु बन्न पाए । नेपाल गए पनी यो कतार अनी यहाँका मेरा सहयात्राीलाई सदैब सम्झीरहनेछु ।


उही परदेशी युवा
ईश्वर काफ्ले पाल्पाली
हाल दोहा कतार ।

Comments
Loading...