कतारमा भएको भलिवलमा स्याङजालाई उपाधि

0 215

कतार । पाल्पाली सेवा समाज दोहा कतारको छैटौ साधारण सभाको अवसरमा जिल्ला स्तरीय भलिवल खेल प्रतियोगिता सम्पन्न भएको छ ।


२० वटा समूहको प्रतिस्पर्धा रहेको प्रतियोगितामा स्यांगजा सेवा समाजको समूह प्रथम, बाग्लुंग सेवा समाज दोस्रो, कास्की सेवा समाज तेस्रो र पाल्पा सेवा समाजले सान्त्वना स्थान हासिल गरे ।
खेलमा बेस्ट रेजको उपाधि स्यांगजाका निर्मल ठुकरी, बेस्ट सटरको उपाधि पाल्पाका दिल बहादुर फाल, बेस्ट लिब्रोको उपाधि बाग्लुंगका मनु सुनारले हात पारे । त्यस्तै अनुशासित टिमको उपाधि कास्कीको समूहले हात पार्यो ।


पहिलो हुने समूहले कतारी क्युआर ४१११, दोस्रो हुने समूहले २५११, तेस्रो हुने समूहले १५११ र सान्त्वनाले ५११ सहित मेडल, प्रमाण र सिल्ड प्राप्त गरे ।


बिजयी खेलाडीहरुलाई पुरस्कार बितरण गर्दै समाजका निवर्तमान अध्यक्ष इश्वर काफ्लेले खेलका माध्यमबाट सामाजिक क्षेत्रमा जागरण ल्याउन सकिने बताए । पुर्व अध्यक्ष लिलम चिदी मगर, अध्यक्ष महल बहादुर केसी लगायतले पुरस्कार बितरण गरे ।

Comments
Loading...