कलाकारिता पछ्याउँदै बलाल

0 34

सुवास बिश्वकर्मा । पाल्पा
पाल्पा जिल्लाले धेरै कलाकार जन्माएको छ । अभिनयको रुपमा होस या गायकको रुपमा । महानायक राजेश हमाल, धिरन शाक्य, गायक नारायण रायमाझी,बद्री पङगेनी,अर्जुन कौशल, शिरिष देवकोटा,स्मृति तिमिल्सिना, नविन पौडेल, लक्ष्मी न्यौपाने लगायत अहिले चर्चामा रहेका सयौ कलाकार पाल्पाली नै छन् ।

तिनैसयौँ कलाकार मध्येको एउटा नाम हो विवेक बलाल मगर । पछिल्लो समयमा मोडलिङ्ग क्षेत्रमा भविष्य खोज्दै गरेको नाम हो यो । रुपन्देहीमा बसेर लामो समयसम्मा उनले मोडलिङ्ग क्षेत्रका काम गर्दै आएका छन् ।

उनी मदनपोखरामा जन्मेका हुन् । अध्ययनका लागि रुपन्देही बसेका बलाल मोडलिङ्ग क्षेत्रको कर्म भएको बताउँछन् । उनको मोडलिङ्ग क्षेत्र मिस्टर कलेज लुम्बिनीमा सहभागिताबाट सुरु भएको हो । मिस्टर कलेज लुम्बिनीमा भ्यूअर च्वाइस विधाबाट विजेता समेत उपाधीले मोडलिङ्ग क्षेत्रमा रुचि बढेको बलाल बताए । त्यसपछि लुम्बिनी अञ्चललाई प्रतिनिधित्व गर्दै पाल्पाबाट मिस्टर मोडल नेपालमा भाग लिएका थिए । उनी त्यहाँ टप सेभेनमा परी मोस्ट कन्जेन्सीटि टाइटल विनर भएका थिए ।

भारतीय सेनामा जागिरे रहेका बलालका बुवा दाजिलिङ्गमा रहेकाले उनले बाल्य अवस्था दार्जिलङ्गमा विताएका थिए । उनको सानै देखि मोडलिङ्ग तथा कला मनोरञ्जन क्षेत्रमा रुची भएकाले विभिन्न स्थानहरुका कार्यक्रममा सहभागिता जनाउदै पाल्पा जिल्लालाई पनि मोडलिङ्गमा ल्याउनका लागि जिल्लामै पहिलो पटक मिस पाल्पा प्रतियोगिताको समेत आयोजना गरेका थिए ।

Comments
Loading...