कला मनोरञ्जन क्षेत्रमा कलम चलाउने पत्रकारहरु संगठित

0 175

पाल्पा । गीत संगीत, चलचित्र, कला र संस्कृतिसंग सम्बन्धित बिषयमा कलम चलाउँदै आएका पाल्पाली पत्रकारहरु संगठित भएका छन् ।

कला, संस्कृतिको संरक्षण र प्रचारप्रसार गर्ने उद्धेश्यले त्यसतर्फ कलम चलाउने सञ्चारकर्मीहरुले ‘कला मनोरञ्जन पत्रकार संघ’ पाल्पा गठन गरेका हुन् । सुशिल नेपालको अध्यक्षतामा १३ सदस्यीय कला मनोरञ्जन पत्रकार संघ पाल्पाको तदर्थ समिति गठन भएको छ । जसको उपाध्यक्षमा सुवास विसी, सचिवमा कमल बस्याल, सह–सचिवमा संगीता दर्नाल, कोषाध्यक्षमा अनु खनाल, सदस्यहरुमा भुवन रायमाझी, विजय बौडेल,  कमल अधिकारी, सुमन कार्की, खेमराज पाण्डे श्रीधर , शर्मिला थापा, ज्ञानबहादुर बराल र मिलन बस्याल रहेका छन् ।

संघले कला क्षेत्रसंगै सामाजिक कामहरु गर्ने जनाईएको छ । संघले ६ महिना भित्रमा जिल्लामा सक्रिय गीतसंगीत, चलचित्र, संस्कृतीको क्षेत्रको समाचार सम्प्रेषण गर्ने सक्रिय सञ्चारकर्मीहरुलाई समेटेर अधिबेशन गर्ने जनाएको छ । सल्लाहकार अधिवेशनपछि चयन गरिने जनाईएको छ । संघका अध्यक्ष सहित पदाधिकारी र सदस्यहरुलाई पाल्पा समाचार डटकमको पनि शुभकामना । 

Comments
Loading...