कला संस्कृति संरक्षण विषयक एक दिने प्रशिक्षण

0 29

सुनिल कार्की । तानसेन
सारेगम कला केन्द्र तानसेन पाल्पको आयोजनमा वगनासकालि गाउँपालिकामा एक दिने कला संस्कृति संरक्षण विषयक एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

बगनासकालि गाउँपालिका १ मा चलेको प्रशिक्षणमा गाउँपालिका भित्रका दर्जन बढिको सहभागिता रहेको थियो । पछिल्लो समय हराउदै गाएको कला संस्कृतिको संरक्षणलाई बढवा दिई स्थानिय स्तरमा रहेका कला संस्कृतिलाई प्रर्वदन गर्न तालिम प्रभावकारी हुने कार्यक्रमका प्रमुख अतिथि वगानासकाली गाँउपालिका अध्यक्ष कृष्ण प्रसाद बस्यालले बताए । अध्यक्ष बस्यालले सम्रग बगनासकाली गाउँपालिका भित्र हराउदै गएका लोपोउन्मुख कला संस्कृतिको संरक्षणको लागि यो प्रशिक्षण निकै प्रभावकारी हुने बताउदै अगामी दिनमा पनि यस्ता खाले प्रशिक्षणका कार्यक्रम सञ्चालन गर्ने बताए ।

यस्तै कार्यक्रमका अतिथि गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राम चन्द्र अर्यालले कला संस्कृतिको संरक्षण गर्नुपर्दछ भन्ने हेतुले नै कला संस्कृति विषयक प्रशिक्षणलाई महत्व दिइएको बताउर्दै यसको संरक्षण, संर्वद्धन र प्रर्व्द्धन गर्न पछिल्लो पुस्ता लाग्नै पर्ने बताए । यस्तै गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष जिसिले कला संस्कृतिको संरक्षण विना समाजाको विकास हुन नसक्ने भएकोले सर्वप्रथम आफ्नो गाउँटोल, घरपरिवारमा रहेको कलासंस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा डा शंकर गैरे , रामु बम्डेल र सारेगम कला केन्द्रका प्रबन्ध निर्देशक सुमन गैरेले कला संस्कृतिको बगनासकाली गाउँपालिका भित्रको ऐतिहासिक र वर्तमान कला संस्कृतिकोे बारेमा प्रशिक्षण दिए । कार्यक्रम सारेगम काला केन्द्रका अध्यक्ष भविश्वर पौडेलको अध्यक्षता र प्रबन्ध निर्देशक सुमन गैरेको सञ्चालनमा सम्पन्न भएको हो ।

Comments
Loading...