कविताः जपेर के गर्छौ

0 19

बरुण बस्याल
मनमा छ पाप जव राम राम जपेर के गर्छौ
सपना छ लाख तव एक पुरा भएर के गर्छौ ।
झुल्केर घाम तव रात सम्झेर के गर्छौ
पाएछौ साथ अव घात सम्झेर के गर्छौ ।

भुलछौ रिती तव तिथि सम्झेर के गर्छौ
गएछ जोवान तव मिति सम्झेर के गर्छौ ।
गइसक्यो उडि अव पछि लागेर के गर्छौ
गर्नु छ सामना तव भागेर के गर्छौ ।

लै सक्यो कालले अव रोएर के गर्छौ
लागेछ मनमा दाग अव धोएर के गर्छौ ।
गइसक्यो हिजो अव सम्झेर के गर्छौ
मिल्नु छ आखिर अव गम्किएर के गर्छौ ।

बगनासकाली, ८ बराङदी पाल्पा

Comments
Loading...