कविता–पबित्र/अपबित्र

0 65

जनक कार्की

प्राचिन मन्दिर
कलात्मक झ्याल ढोका
ढुङ्गा कुदेर बनाएको
ईश्वर अनि
द्वारपाल पुजारी।

मन्दिरको छेउमै
भत्किनै लागेको कुटी
धमिरा लागेको
काठको खम्बाहरुले अडिएको
जसमा बास छ
मानशिक सन्तुलन गुमाएकी
कुमारी आमा।

आज एक दशक पछि
त्यही मन्दिर,त्यही पुजारी
अनि अझै पनि उहि इश्वरको
दर्शन गरेर फर्किदा।

एउटा प्रश्न उब्जिरहयो
मस्तिष्कमा जब भेटे
उहि कुमारी आमा
अनि उसको
नाजायज छोरा।

उसको छोराको अनुहार
ठ्याक्कै त्यही
ब्रहमचारी पुजारीसङ्ग
कसरी मिल्न गयो?
तानसेन-३
हाल यु.ए.ई

Comments
Loading...