काली गंगा उर्लिरहिन् तर गजवीर बोटेको दुखेसो उस्तै

0 26

बगनासकाली (पाल्पा) । बगनासकाली गाउँपालिका–७ दैलातुङका ७७ वर्षीय गजवीर बोटेको जीवनी अनौठो छ । उनको जीवनको आधा भन्दा बढी समय ढुंगा वारी पारी गराएरै बित्यो तर ६ वर्ष अघि यहाँ पुले बनेपछि उनको ढुंगा तार्ने पेशा काली गण्डकीको भेल सँगै हरायो ।

६ वर्षअघिसम्म यहाको कालीगण्डकी नदीमा आजकल जस्तो पुल थिएन । सर्वसाधारणहरु नदी वारीपारी गर्न डुंगाको साहरा लिनुपथ्र्यो । मान्छेहरुलाई वारीपारी गराएर स्थानीय बोटे समुदायका ब्यक्तिहरुको घरमा चुलो बल्थ्यो । अहिले कालीगण्डकी नदीमा पुल बनेपछि गजबीरको डुंगा गण्डकी किनारमा फालिएको छ । र उनको आम्दानीको स्रोत पनि बन्द भएको छ ।

उनले भने– “हामी सानै छदा देखि डुंगा चलाउने काम गरियो । समयमा अक्षर चिन्न पाइएन । आजकल रेडियो टिभीले दिनदिनै छोराछोरी स्कुल पठाऔं भन्छ । त्यसैभएर गाउँभरिका सबैले छोराछोरी स्कुल पठाउन थालेका छन् । समयमा अक्षर चिन्न पाएको भए बुढ्यौलीमा दुःख पाउनुपर्ने थिएन होला ।”

दैलातुङमा बोटे समुदायका १८ घर परिवारको बसोवास रहेको छ । झण्डै ३ वर्षअघि कालीगण्डकी नदीमा पुल बनेपछि डुंगा चल्न छाडेको र बिहान साँझको छाक टार्न समेत समस्या भएको बताउदै गजबीरले भने “अहिलेसम्म मैले कति मान्छेलाई डुंगा तारेर वारीपारी गराए म आफैलाई थाहा छैन । तर म आफै न त पारी तर्न नै सके न त वारी नै ब्यवस्थित हुन सके ।” म वि.सं. १९९७ सालमा बोटे गाउको एउटा झुपडीमा जन्मिदा मेरा बावु र काकाहरुले जुन काम गर्थे मैले पनि त्यही काम गरे र आज त्यसैकारण जीवनका हरेक पलहरु गरीवी र दुःखका साथ बिताउदैछु गजवीरले दुखेसो पोखे ।
फोटो फाइल

Comments
Loading...