किन मन पराएनन् युवाले कांग्रेस ?

0 28

पाल्पा । तरुण दल तानसेन नगरसमितिका अध्यक्ष तथा निर्माण व्यवसायी सुजन श्रेष्ठ, उपाध्यक्ष तथा लोकतान्त्रिक खेलकुद संघ जिल्ला उपाध्यक्ष अखण्ड वैंजु, महासचिव शम्भु श्रेष्ठ, ट्रेड युनियन क्षेत्रीय सदस्य अनुपमान कर्माचार्य र युवा नेता सिमन महर्जन एमालेमा प्रवेश गरेका गरेका छन् । कर्माचार्य नेपाली काँग्रेस जिल्ला सचिव अजयमान कम्रचार्यका दाजु हुन् ।

केही दिन अघि नेपाली काँग्रेसका जिल्ला सदस्य विनोद कार्की लगायतका नेताहरु एमालेमा प्रवेश गरे । नवप्रवेशी नेकपा एमाले कार्यकर्तालाई स्वागत गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य तथा पाल्पा निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार सोम प्रसाद पाण्डेयले परिवर्तनका संवाहक युवाहरु एमालेमा रहेर मात्र समाज परिवर्तन गर्न सक्ने बताए ।
क्षेत्र नं २ (१) प्रदेशसभा सदस्यका उम्मेद्वार डा. पुरनमान बर्जाचार्यले लगनशिल र सक्रिय युवाहरु एमाले प्रवेशले वाम गठबन्धनको जीत सुनिश्चित भएको बताए ।

यस्तै एमाले पाल्पाका अध्यक्ष एवम् क्षेत्र नं. १ (२) का प्रदेशसभा उम्मेदवार नारायण आचार्यले युवाहरुलाई पार्टी प्रवेश गराउँदै सिंगो जनलहर वाम गठबन्धनको पक्षमा आएको बताउँदै प्रवेशी युवाको साथले वाम गठबन्धन थप बलियो भएको बताए ।

Comments
Loading...