किसानलाई प्रोत्साहन अनुदान बितरण

0 150

पाल्पा । नगरपालिका क्षेत्र भित्र तरकारी खेती गरेका किसानहरुलाई थप क्षेत्रफल बृद्धिमा हौसला प्रदान गर्ने प्रतिफलमा आधारित प्रोत्साहन अनुदान प्रदान गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना जोन कार्यान्वयन इकाई पाल्पाले तरकारी खेती गरी गत बर्ष भन्दा उत्पादनमा १० प्रतिशत बृद्धि गरेका नगरपालिका भित्रका ८४ जना किसानहरुलाई अनुदान प्रदान गरेको हो ।

जोन संचालक समितिले आयोजना गरेको अनुदान वितरण कार्यक्रममा तानसेन नगरपालिका उपप्रमुख लक्ष्मी पाठकले किसानलाई बढीमा ७ हजार र कम्तीमा १ हजार ५० सम्म नगद अनुदान प्रदान गरे । प्रमुख अतिथि पाठकले किसानहरुले कम्पोष्ट मल उत्पादन गर्ने र बिषादी कम प्रयोग गरेर तरकारी उत्पादनमा जोड दिनुपर्ने बताए ।

प्रति रोपनी ५ सय का दरले पहिलो चौमासिकमा भएको उत्पादन बृद्धि गरेका किसानहरुलाई २ लाख ४४ हजार ५ सय अनुदान वितरण गरिएको छ । दुई बर्षमा तरकारी उत्पादनमा आत्मनिर्भर बनाउदै आयातलाई रोक्न परियोजनले किसानलाई कृषि प्रविधि, अनुदान र मेशिनरी औजार प्रदान गर्ने काम गरिरहेको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना जोन कार्यान्वयन इकाई पाल्पाका प्रमुख बरिष्ठ कृषि विकास अधिकृत रामप्रसाद पाण्डेले बताए ।

अनुदान वितरण कार्यक्रममा कृषि विज्ञ वेद प्रसाद पौडेलले खाली जग्गालाई सदुपयोग गदै आम्दानी बृद्धिमा किसानहरुलाई सहयोग परियोजना गर्ने बताउनु भयो । कार्यक्रमा जोन संचालक समितिका अध्यक्ष ध्रुवराज भण्डारी, सचिव महेश्वर पन्त, किसानहरु शिव प्रसाद न्यौपाने र लक्ष्मी भण्डारीले तरकारी खेतीका लागी बिऊमा अनुदान दिनुपर्ने, झार गोड्ने र विरुवा रोप्ने मेशिनहरुको प्रयोग गर्ने आवश्यक रहेको बताएका छन् ।

Comments
Loading...