केलादी धाममा २७ महिने पाठ पारायण चल्दै

0 25

बन्दना पोखरेल । (रामपुर) पाल्पा
पाल्पा स्याङ्गजा तनहुँ र नवलपुरको संगम स्थल चापाकोट नगरपालिका साखर वडा न ६ केलादिमा अवस्थित राधा दामोदर निम्र्वाक पिठ केलादी धाममा अहिले श्रीमद् भागवत अष्टोत्तर (एक सय आठ) सत मुल पाठ पारायण चलिरहेको छ ।

मोरङ जिल्ला घर भई हाल बृन्दावन धाम बाट यहाँ आभएका बालकृष्ण सरण नेपालले यो अनुष्ठान सुरु गरेका हुन् । गुरु पुर्णिमा वाट सुरु गरिएको यस यज्ञ सम्पन्न गर्न कारिव २७ महिना लाग्ने उनले बताएका छन् ।

श्रीमद् भागवत कलियुगको साक्षात कल्प बृक्ष हो यसका हरेक नियमका साथ पुरा र्गन सके यस अनुष्ठान बाट चाहेका हरेक ईच्छाहरु पुरा हुने , मागेका मनोकामनाहरु सवै पुरा हुने , यस्तो यज्ञ अनुष्ठानहरु गरिएको भुमि सधै पवित्र र भगवानहरुको बास हुने जन विश्वास रहि आएकोछ । २७ महिना सम्म एउटै आसनमा वसी मन्दिर परिसर बाट पर नगई विधि र विधान पूर्वक यो यज्ञ सुरु गनुको पछाडि श्रीभागवत सरण देवार्चाय महाराजलाई सुनाउने र मानव जगतमा शान्तिको मुल र्छदै विश्व शान्तिको आधार निर्माण गर्नु र प्राणि जगतको कल्याण गर्नु रहेको उनले बताए ।

यस अवधिभर हरेक दिन साझ ५ बजे देखि ७ वजे सम्म चर्तुमास कथा साथै भागवत कथा प्रवचन हुने गरेको छ । बिना कुनै ताम झाम सुरु गरिएको यो यज्ञ भगवानको कृपाले सवै जुट्दै जाने वताउदै वाचक नेपालले यदि कसैलाई यज्ञमा दान धर्म साथै दिप प्रजोलन गर्न भण्डारा लगाउन मन लाग्छ भने यस तपोभुमिमा आएर गर्न सक्ने बताए । २७ महिना सम्म एउटै कलसमा जल राख्ने भएकोले यस जलको शक्ति र महिमा महत्व ठूलो रहेको छ । यस क्षेत्रमा एक पटक जानै पर्ने र नेपालकै पहिलो निम्वार्क पिठको दर्शन गर्नुपर्ने राम्रो ठाउँ रहेको छ ।

Comments
Loading...