के तपाई युएई लगायत अन्य देशमा आउँदै हुनु हुन्छ ?

0 144

राजा बगर । युएइ समाचारदाता

जुनसुकै देशमा कानुनलाई आधार मानेर परिश्रम गर्नु नाजायज पक्कै होइन । हाम्रो देशको अस्थिर राजनिति र उचित अवसरको खोजीमा हजारौ कर्मशील युवा विदेश पलाएन हुने गरेका छन् ।
तपाई जुनसुकै ठाउँमा जानुस तर एकपटक निन्न कुरामा ध्यान दिनुहोस् ।
१. दलाल हरेक क्षेत्रमा छ अझ बैदेशिक रोजगारमा पाप र धर्म के हो भन्ने बुझ्न नसक्ने दलाली प्रसस्त छन् । तपाई जस्तै युएई आउँदै हुनु हुन्छ भने युएईमा पाल्पाली समाज युएई स्थापना भएको छ । इन्टरनेटको दुनिया छ तपाई पाल्पाली समाज सँग आवश्यक सुझाब र सल्लाहको जानकारी लिन सक्नु हुन्छ । त्यस्तै हरेक देशमा हरेक जिल्लाका समाजहरु पनि रहेका छन् ।
२.गैर कानुनी बाटो प्रयोग नगरौं ।
सरकारी नियमलाई मिचेर कतिपय अहिले भारतको बाटो भएर खाडी मुलुक आइरहेका छन् । कम्तीमा नेपालमा सम्पूर्ण कागजपत्र मिलाएर मात्रै वैदेशिक यात्रा तय गर्नुपर्छ ।
३. भिसा सक्कली हो होइन र काम गर्ने कम्पनी दर्ता छ छैन नेपालमै बसेर हेर्न बुझ्न सकिन्छ ।
४.दलालहरुको कुरामा पुर्ण बिश्वास नगर्नु होस् । दलाललाई पैसा बुझाउदा भरपाई गर्नु होस् ।
५.सबन्धित कामको पूर्ण रुपमा जानकारी लिनु होस् ।
६.कुन ठाउँमा जाँदै हुनु हुन्छ । त्यो ठाउमा काम गर्ने तपाईका फेसबुक साथीहरु सित सबन्धित कम्पनीको बारेमा बुझ्न अनुरोध गर्नु होस् । यसले पनि तपाइलाई थप सजिलो हुन्छ ।
७. गैरकानुनी कार्य गर्दै नगरौ, यदि गैरकानुनी कार्य गरेर बिदेश आएर कुनै दुर्घटना भयो भने उपचार र तपाईको शव नेपाल पठाउन पनि गाह्रो हुनेछ ।
८.सरकारले दिएको श्रमस्विकृति सक्कली या नक्कलि राम्रो सित चेक गर्नु होस् । नत्र एयरपोट बाट फर्कनु पर्ने हुन्छ ।
१०.अझ महिलाहरु थप होसियार हुनुपर्छ । नेपालबाट दिल्ली श्रीलंका हुदै युएई ल्याएर तपाईहरुलाई बिक्री गर्ने समुह सक्रिय छ ।
लोभ लालचमा नपरौं । छोरा छोरी पाल्न र पढाउन बिदेश आउदा झन बिचल्ली हुनबाट जोगिनुहोस् ।
नोटःयुएई आउदै हुनु हुन्छ भने पाल्पाली समाज युएईलाई सम्पर्क गर्नु होस केहि सहयोग र सुझाव अवस्य पाउनु हुनेछ ।

 

Comments
Loading...