कोइराला परिवारबाट दर्लमडाँडा माविमा ३ लाख ६५ हजारको अक्षयकोष स्थापना

0 862

पाल्पा । दर्लमडाँडा माध्यमिक विद्यालयमा एकै परिवारले ३ लाख ६५ हजार रुपैयाँको अक्ष्यकोष स्थापना गरेका छन् ।

बिद्यालयको ६७ औं बार्षिकोत्सवको अवसरमा दर्लमडाँडा दरुंगा निवासी पुरुषोत्तम कोइराला र स्वः लक्ष्मी कोइरालाका छोराहरु गोविन्दप्रसाद कोइराला, दिननाथ कोइराला, शंकर कोइराला, अर्जुन कोइराला, शिवप्रसाद कोइराला सुन्दर कोइराला तथा बुहारीहरु भगवती कोइराला, कुविजा कोइराला, उमा कोइराला, रिमकला कोइराला, मुना कोइराला र डुल कुमारी कोइरालाको तर्फ उक्त अक्षयकोष स्थापना गर्नुभएको हो ।

पुरुषोत्तम लक्ष्मी अक्षयकोषको रुपमा रहने उक्त रकमको ब्याजबाट कक्षा ८ देखि १२ सम्मका जेहेन्दार छात्राहरुलाई पुरस्कार प्रदान गरिने अक्षयकोषदाता गोविन्द प्रसाद कोइरालाले बताउनुभयो ।

विद्यालयको बार्षिकोत्सवको अवसरमा अन्य महानुभावहरुले पनि अक्षयकोषको स्थापना गर्नुभयो । बार्षिकोत्सवकै अवसरमा पाल्पाली सेवा समाज दोहा कतारले ५१ हजार, यम बहादुर उचैले ५० हजार, कृष्णप्रसाद कोइरालाले २४ हजार ८ सय ८०, टेक प्रसाद बञ्जाडेले २० हजार र दुर्गादेवी भण्डारीले १५ हजार रुपैयाँको अक्षयकोष स्थापना गर्नुभयो ।  अक्षयकोष रकम बिद्यालयका प्रधानाध्यपक थमनसिं थापा, बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष कोशल न्यौपानेले ग्रहण गर्नुभयो ।

Comments
Loading...