कोरोनाको बेला परदेशीको सम्झनामा पाल्पाली चेलीले लेखिन् यस्तो कविता

0 52

माया उपाध्याय

फर्कि आऊ अब घरमा बिन्ती गरें मैले
देश छोडी विदेश पस्नु,पछुतो भो एैले
शून्य भयो घर,सम्झि बच्चा रुन्छन् सब
कसरी हुन्छ विदेश छोडि फर्कि आऊ अब।

जिम्मेवार भई कर्म गरे आफ्नै माटोमा पनि
हाम्रो देश प्यारो छ त्यस्तै प्रकृतिको खानी
सम्झी यो मातृभुमि टेक्छौ पाइला जव
बाँझो बारी रमाउने छ फर्की आउ अब ।

तिम्रो यादमा निलो आकाश छाती भित्रै राखी
मुटुको धड्कन जस्तै जिवन्त थोरै छ अब बाँकी
तिम्रो याद बर्सिन्छ यो नयनमा झरी बनी तव
मेरो प्यारो मान्छे तिमी फर्की आउ अव ।

बाहिरी दुनिया सुख प्राप्ति जति धायौ भयो
बाधा अड्चन भयो धेरै सपना उडाई लयो
नित्य गर्दै सफा राखि पुकार्दै यहाँ भव
कसरी मिल्छ चट्ट छोडी फर्की आउ अव ।

निन्द्रा लाग्नै छाडेको छ भड्किन्छ मुटु झनै
साहँुको ऋणको छट्पटि अनि पोलिदिन्छ यो मनै
साँग सिस्नो आटो ढिडो खाउला मिली सव
भो पर्दैन कमाउन पैसा फर्की आउ अव ।

Comments
Loading...