कोरोनाबाट भारतमा एक पाल्पालीको निधन

0 215

पाल्पा । कोरोना भाइरसको संक्रमणको संक्रमणबाट पाल्पा निस्दी गाउँपालिका स्थायी घर भएका एक जनाको भारतमा केही दिनअघि मृत्यु भएको छ ।


निस्दी गाउँपालिका वडा नं. ७, ज्यामिरेका ४५ वर्षिय हर्क सिंह दिशामगरको भारतमा कोरोना भाइरसको संक्रमणका कारण केही दिनअघि मृत्यु भएको वडा सदस्य लाल बहादुर सारुले बताए ।


भारतमा रहदा कोरोना भाइरसको संक्रमणबाट दिशामगरको मृत्यु भएको वडा सचिव नारायण तिमिल्सिनाले बताए । उनको उपचारको क्रममा मृत्यु भएको जनाइएको छ । सांकेतिक तस्बिरः गुगल

Comments
Loading...