कोरोनामुक्त जिल्ला बन्यो पाल्पा पनि

0 3,894

पाल्पा । मंगलबारसम्म पाल्पामा १ जना पनि सक्रिय कोरोना संक्रमित छैनन् । योसँगै पाल्पा कोरोनामुक्त जिल्ला भएको छ । पाल्पामा हालसम्म ५ सय ६१ जना संक्रमण देखिएकोमा ५ सय ६० जना निको भएर घर फर्किएका छन् भने एक जनाको निधन भएको छ ।

पाल्पामा ३९०७ जनाको पीसीआर परीक्षण भएकोमा ५ सय ६१ जनामा संक्रमण देखिएको थियो । संक्रमितमध्ये ५१५ जना पुरुष र ४६ जना महिला रहेका छन्। । पाल्पामा अहिले आइसोलेसनमा १ जना पनि कोरोना संक्रमित बिरामी नभएकोले अहिले जिल्लामा सक्रिय संक्रमितको संख्या सुन्य रहेको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए ।

गत साता समुदाय स्तरमा कोरोना संक्रमण फैलिएको वा नफैलिएको बारेमा जानकारी लिन जिल्लाका व्यापारी, पत्रकार, सुरक्षाकर्मी र बैंक तथा वित्तीय संस्थामा कार्यरत १ सय १८ जनाको पीसीआर परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको उनले बताए । पाल्पामा भारतबाट मानिसहरु आउने समयमा कोरोना संक्रमितको संख्या एक्काशी बढेको थियो । हाल भारतबाट आउनेहरुको संख्या शुन्य प्रायः भएकोले संक्रमितको संख्या पनि घटेको हो ।

Comments
Loading...