कौंरामा नाच्न पनि मजा हेर्न पनि मजा

0 152

पाल्पा । पूर्वी पाल्पाको निस्दी गाउँपालिका अन्र्तगतका बिभिन्न वडाहरुमा कौरा संस्कृति लोकप्रिय छ । हराउँदै गएको कौरा संस्कृति जोगाउँन झिरुवासका मगर समुदायका बुढापाकाहरु एकजुट भएर लागिपरेका छन् ।

यहाँका बुढापाकाहरु यस क्षेत्रमा हुने औपचारिक तथा अनौपचारिक कार्यक्रमहरुमा सहभागी भई कौरा गीत गाउँछन् र नाच्छन् पनि । बुढापाकाहरुले मादल खैजडी र मजुरा बचाउँदै “यो नानीले टोलाएको किन होला बनैमा, भेट हुन रैछ मनैमा” भन्ने जस्ता शब्दमा कौरा गीत गाउँछन् र उनीहरुको गीतसँगै भर्खरका युवतीहरु छमछमी नाच्छन् यो कौरा संस्कृतिको बिशेषता हो ।

आफूहरु २०५३ सालदेखि निरन्तर कौरा संस्कृति जोगाउँने अभियानमा लागिपरेको झिरुवासका शेर बहादुर सोती मगरले बताए । पूर्वी पाल्पाका साविकका झिरुवास, सिलुवा, रामपुर, अर्चले, गल्धा, ज्यामिरे, जल्पा, हुमिन, ताहुँ लगायतका गाविसमा मगर समुदायको बाक्लो बसोवास रहेकोले पनि यस क्षेत्रमा कौरा संस्कृतिको बेग्लै महत्व रहँदै आएको छ । औपचारिक तथा अनौपचारिक कार्यक्रमहरुका साथै बिवाह बर्तबन्ध लगायतका शुभकार्यहरुमा समेत कौरा संस्कृति प्रस्तुत गरिन्छ । फोटोः फाइल

Comments
Loading...