क्यान महासंघ गुल्मीमा खनाल

0 31

भोजराज भट्टराई । गुल्मी
कम्प्युटर एशोसिएशन अफ नेपाल (क्यान) महासंघको ५ नं. प्रदेश अन्तर्गत गुल्मीमा शाखा विस्तार भएको छ । क्यानले सूचना, सञ्चार तथा प्रविधिक्षेत्रको पहुँच र सेवा विस्तार अभियानस्वरुप शुक्रबार गुल्मीको तम्घासमा एक कार्यक्रमको आयोजना गरी गुल्मीमा शाखा विस्तार गरेको हो ।

क्यान महासंघ ५ नं. प्रदेशको आयोजनामा भएको कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष नवराज कुँवरले वर्तमान युग सूचना तथा सञ्चार क्षेत्रसँग टाढिन नसक्ने भन्दै सूचना तथा प्रविधिलाई जीवन व्यवहारमा प्रयोग गरी समृद्धि हासिल गर्न सकिने बताए । उनले देशका सवैजसो जिल्लामा महासंघको शाखा विस्तार गर्ने केन्द्रको लक्ष्य रहेको जनाए ।

क्यान महासंघ प्रदेश नं. ५ का अध्यक्ष धुव्रराज शर्मा (सुदिप)को अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश नं. ५ का सह–सचिव भोजराज भट्टराई, महासंघ दाङ शाखाका अध्यक्ष भिमसेन गिरी, पाल्पा शाखा अध्यक्ष महेश शर्मा, रुपन्देही शाखा अध्यक्ष नारायण श्रेष्ठ लगायतले सूचना तथा सञ्चार प्रविधिको पहुँच र प्रवद्र्धनमा क्यान महासंघको विशेष भूमिका रहेको बताए । कार्यक्रम क्यान महासंघ प्रदेश नं. ५ का सचिव कृष्ण ओलीको सञ्चालनमा सम्पन्न भएको थियो ।

यसैबीच शुक्रबार भएको भेलाबाट क्यान महासंघ गुल्मीमा कृष्ण खनालको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन भएको छ । संघको उपाध्यक्षमा सुरेश थापा, सचिवमा बासुदेव ऐर, सह–सचिवमा डा.लक्ष्मण ज्ञवाली र कोषाध्यक्षमा प्रदिप पाण्डे रहेका छन् । यस्तैगरी सदस्यहरूमा भगवता पाण्डे, विष्णु खरेल, पुनाराम पाण्डे र दामोदर ज्ञवाली रहेका छन् ।

नव गठित समितिलाई क्यान महासंघका वरिष्ठ उपाध्यक्ष नवराज कुँवर, प्रदेश ५ का अध्यक्ष ध्रवराज शर्मा लगायतले शुभकामना दिदै संघलाई क्रियाशिल बनाउन केन्द्र र प्रदेशले सहयोग गर्ने बचन दिए । नव निर्वाचित अध्यक्ष कृष्ण खनालले केन्द्र, प्रदेश र छिमेकी जिल्लाहरूको परामर्श लिएर संघलाई व्यवस्थीत बनाउने प्रतिवद्धता जनाए ।

Comments
Loading...