क्लव स्तरीय महिला तथा पुरुष भलिवल सम्पन्न

0 212

विक्रम वारघरे । पाल्पा
“स्वास्थ्यको लागि खेलकुद राष्ट्रकोे लागि खेलकुद” भन्ने मुुल नाराका साथ लालीगुँरास युवा कल्व माथागढी २ रुप्सेले आफ्नो ३१ औ वार्षिक उत्सवको अवसरमा राखेको कल्व स्तरिय महिला तथा पुरुष भलिवल प्रतियोगिता सोमवार सम्पन्न भएको छ ।


यहि जेठ ९ गतेदेखी सपाङ्दी खेल मैदानमा सुरु भएको प्रतियोगितामा २७ समूह सहभागी पुरुषतर्फ समानसिङ युवा क्लव समानसिङ प्रथम , कानुङ लाङघाली युवा क्लव माथागढी ४ गोव्रेसलुङ दितिय साथै खलाटारी युवा क्लव र खहरे युवा क्लवले सयुक्त रुपमा तृतिय स्थान हात पारेका छन् ।


१० टिम सहभागी रहेको महिलातर्फ कानुङ लाङघाली युवा क्लव गाव्रेसलुङ प्रथम, सराई युवा क्लव कसेनि सराई दितिय र आयोजक लालिगुरास युवा क्लव तृतिय भएका छन् । प्रतियोगितामा पुरुषतर्फको विजेताले नगद रु. १२ हजार त्यस्तै उपविजेता ९ हजार र तृतीय हुनेले ६ हजार पाए । महिलातर्फ भने विजेताले नगद रु. ७, हजार उपविजेताले ५ हजार र तृतिय हुनेले ३ हजार नगद मेडल र प्रमाणपत्र पाएका छन् । खेलमा समानसिङका तारा दिशा उत्कृष्ट खेलाडी हुदा महिलातर्फ भने गोव्रेसलुङगका अमृता सिङजाली उत्कृष्ट खेलाडी भईन् ।

Comments
Loading...