खेलाडी छनौट अन्र्तगत भलिवलमा रम्भा गाउँपालिकाको टोली पहिलो

0 219

दयाराज न्यौपाने । पाल्पा
पाल्पामा संचालन भएको प्रथम मुख्यमन्त्री रनिङ्ग शिल्ड प्रतियोगीता अन्र्तगत जिल्ला स्तरीय खेलाडी छनोट प्रतियोगीता पाल्पामा सम्पन भएको छ ।

समापन समारोहका प्रमुख अतिथी प्रदेश सांसद डा. पुरनमान बजा्रचार्यले खेलकुदले जिवनका हरेक गतीबिधीलाई सवल र शसक्त बनाउदै लैजाने बताउदै खेलकुद क्षेत्रमा राज्यको प्रत्यक्ष भूमिका रहेको कुरामा जोड दिदै प्रतेक खेल बिद्याले राष्ट्रिय रुपमा पहिचान निमार्णमा सहयोग गर्ने बिश्वास व्यक्त गरे ।

प्रतियोगीता अन्र्तगत महिला भलिबलमा तानसेन नगरपालिकालाई ३– २ को सेटमा पराजित ग¥यो भने पुरुष भलिबलमा रामपुर नगरपालिकालाई ३ –२ को सेटमा पारजित गदै पुरुष र महिला भलिबलमा रम्भा गाउँपालिका प्रथम भएको हो । पुरुष भलिबलमा रामपुर नगरपालिका दोश्रो र महिलातर्फ तानसेन नगरपालिका दोश्रो भए ।

व्याडमिन्टन संयुक्त तर्फ तानसेन नगरपालिका प्रथम,र माथागढी गाउँपालिकाका दोश्रो भए भने रिव्दीकोट गाउँपालिका तेश्रो भएजिल्ला स्तरीय छनोट प्रतियोगीतामा ९ बटा स्थानिय तहका भलिबल महिला पुरुष तेक्वान्डो डब्लुटिएफ एथलेटिक्स (महिला पुरुष ) दौड प्रतियोगीता अन्र्तग १५०० मि,महिला र ५००० मिटर पुरुष सटपुट ,व्याडमिन्टन महिला पुरुष र बुद्धिचाल खेल बिधामा २ सय जना खेलाडी प्रतिस्पधा गरी ४७ जना खेलाडीहरु छनोटभएको जिल्ला खेलकुद बिकास समिती पाल्पाका अध्यक्ष करुणा काफ्लेले बताए ।

जिल्ला खेलकुद बिकास समितीका कोषाध्यक्ष प्रकाश श्रेष्ठको संचालन र जिल्ला खेलकुद बिकास समितीका अध्यक्ष करुणा काफ्लेको अध्यक्षतामा समापन समारोह चलेको थियो । छनोट भएका खेलाडीहरु २३ गते देखीहुने प्रदेश स्तरीय प्रतियोगीताका लागी सहभागी हुन जाने कार्यालय प्रमुख तारा बहादुर थापाले बताए ।

Comments
Loading...