0 131

गजल

गम बयम्वु मगर

दोहोरिन्न गल्ती दोषी माथी,सहि सजाय भए
मनको कालो दाग हट्छ,निश्पक्ष सफाय भए ।

समाजमा मिल्नु पर्छ,आपसी मेलमिलापमा
बाटोहरु खोज्नु पर्छ,समाधानको उपाय भए ।

कानूनको आखामा,सबै जना बराबर नै हुन्छ
किन चुपचाप बस्नु,आफू माथी अन्याय भए ।

असल नीतिको विकल्प छैन,सुशासन ल्याउन
उंधो लाग्छ देशको गति,भ्रष्टचारी निकाय भए ।

कानून बन्छ जनताको,अमन चयनको लागि
कस्तो गति होला देशमा,कानुनकै बिलाय भए ।
–निस्दी गाउपालिका, ६ अर्चले पाल्पा

Comments
Loading...